९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार जाँचपास प्रक्रिया थप सहज बनाउन उद्योगी-व्यवसायीको आग्रह

अ+ अ-

काठमाडौँ । उद्योगी-व्यवसायीले भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् ।

व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएको अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने बताएका छन् ।

भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी-व्यवसायीले तयारी वस्तु, कच्चापदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दर पुनरावलोकन गर्न सके उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए ।

कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजीकरण गर्ने गरी नै नीतिगत सुधार गर्दै आइरहेको बताए ।

उनले भन्सारको प्रमुख उद्देश्य राजस्व संकलन नभई व्यापार सहजीकरण र निर्यात प्रवर्द्धन नै भएको बताए ।

उनले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकाले भारतसँगको व्यापारमा पनि समस्या आउने गरेको बताए । उनले निकट भविष्यमा हुन लागेको ‘नेपाल-इन्डिया कस्टम म्युचुअल एग्रिमेन्ट’ ले ती समस्या समाधान हुने बताए ।

अर्थ सचिव डा. घिमिरेले अहिले विश्व परम्परागत व्यापारबाट आधुनिकतातर्फ गइरहेको सन्दर्भमा नयाँ पुस्तालाई व्यापार व्यवसायमा प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका सबै गतिविधिले उद्योग–व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ निर्देशित हुन आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले भन्सार प्रशासन अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राही प्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्सन र टीएफए) अनुसार नयाँ भन्सार विधेयक संसदमा टेबुल हुन लागेको विषय सह्रनायोग्य रहेको बताए ।

उनले प्रविधिसँगै भौतिक पूर्वाधारको पनि व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान रहने भएकाले निर्माणाधीन आइसीपीहरूको छिटो निर्माण सम्पन्न गर्ने र अन्य ठूला र महत्त्वपूर्ण भन्सार कार्यालयमा थप पूर्वाधार विस्तारमा समयमै ध्यान दिनुपर्ने बताए ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग–व्यवसाय प्रवर्द्धनमैत्री भएकाले व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी नै भन्सार प्रशासनले काम गरिरहेको बताए ।

उनले भन्सार प्रशासन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरी नै अगाडि बढिरहेको बताउँदै आर्थिक अनुशासन पक्षमा सबै इमान्दार हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस