९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य रहेको बताए। उनले भने, “पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पुर्‍याउने रणनीति लिएका छौँ । सन् २०३० सम्ममा १० देखि १४ वर्षसम्मका ९० प्रतिशतलाई खोप दिने, ३० वर्षमाथिका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर पहिचान भएका ९० प्रतिशतको उपचार गर्ने लक्ष्य छ ।”  

क्यान्सरबाट उत्पन्न हुने भार र मृत्युदर घटाउँदै क्यान्सरका बिरामीहरूको जीवनस्तरमा सुधार ल्याउने दुरदृष्टि सरकारको रहेको बताउँदै मन्त्री पौडेलले भने, “नेपालको कुल मृत्युको ११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ । फागुन महिनालाई नसर्ने रोगको ‘स्क्रिनिङ’ महिनाको घोषणा गरी पाँच लाखको परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।”

यही माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म खोपको कभरेज २७।६८ प्रतिशत रहेको बताउँदै हालसम्म चार लाख ६४ हजार ६२ जनाले खोप लगाइसकेको उनले जानकारी दिए । 

सांसद सुमना श्रेष्ठले पछि पनि खोप लगाउनलाई बजेट सुनिश्चित छ कि छैन भनी प्रश्न गरिन्। सांसद प्रेम सुवालले स्वास्थ्य बीमाको रकम नपाएको भन्दै अस्पतालले उपचार नगर्दा समस्या भएको बताए । सांसद लेखनाथ दाहालले गम्भीर प्रकृतिका रोग सस्तो भए पनि उपचार महँगो भएको बताउँदै सरकारी अस्पताल पहुँचवालाको बन्दै गएकामा जनताको बनाउन माग गरे । 

सांसद तोसिमा कार्कीले आवासीय चिकित्सकका समस्या समाधान गर्न माग गरिन् । सांसद हितराज पाण्डे, विनीता कठायत, सीताकुमारी राना, रोशन कार्की, छिरिङ लामा, रामहरि खतिवडा, प्रेमबहादुर महर्जनले मन्त्री पौडेललाई स्वास्थ्यका विविध विषयमा प्रश्न राखे । 

प्रतिक्रिया दिनुहोस