६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाथीभरा केबलकार धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ युग, पहिचानको प्रवर्द्धन गर्दै जीवनस्तरमा सुधार ल्याउँछ-अध्यक्ष ढकाल

अ+ अ-

ताप्लेजुङ । पाथीभरा केबलकार धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ युग भएको र यसले पहिचान प्रवर्द्धन गर्दै नागरिकको जीवनस्तरमा सुधार ल्याउने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। पाथीभरा देवी दर्शन केवलकार प्रा.लि.द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले सो कुरा बताएका हुन्।

अध्यक्ष ढकालका अनुसार पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले कुनै धर्म, जाति विशेष वा संस्कार–संस्कृतिमा असर नगर्ने बरु संरचनालाई अझ मजबुत बनाउनेछ। उनले आफू आइएमई समूह र केबलकार कम्पनीको अध्यक्ष मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतले समेत विभिन्न मुलुकहरूमा पुगेर नेपालमा लगानी भित्र्याउन आग्रह गरिरहेको उल्लेख गर्दै कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालालाई आग्रह गरे। साथै, उनले केबलकारलाई केवल यातायातको साधनको रूपमा बुझ्नुपर्ने र यसले तीर्थयात्रीलाई सहजता प्रदान गर्ने बताए।

धार्मिक पर्यटन र पहिचानको प्रवर्द्धन
कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार हाल चर्चाको विषय बनेको छ। केबलकार निर्माणले मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणीहरू आएका छन्।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा पाथीभरा देवी दर्शन केबलकार प्रालि स्थापना भएको थियो। नेपाल सरकारले २०७५ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति दिएको अध्यक्ष ढकालले बताए ।

परियोजनाको प्रगति र विकास
करिब दुई वर्षअघि आइएमई समूहको प्रवेशसँगै परियोजना निर्माणले तीव्रता पाएको छ। नेपाल सरकारबाट आवश्यक सबै कानुनी तथा प्रशासनिक स्वीकृतिहरू प्राप्त भइसकेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकता योजनामा समावेश गरी अघि बढाइएको हो। आइएमई समूहले मुलुकका सात वटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तव्यहरू विकास गर्ने उद्देश्यसहित २०७९ सालमा पाथीभरा केबलकारको मुख्य लगानीकर्ता बनेको हो।

केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने प्रक्रिया पूरा भइसकेको छ। केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान तथा डीपीआर स्वीकृत गर्ने कार्य सम्पन्न भई औपचारिक शिलान्यासपछि भौतिक निर्माण कार्य प्रारम्भ भइसकेको छ।

केबलकार संरचना र स्थानीय अर्थतन्त्रमा प्रभाव
ताप्लेजुङको फुङलिङ नगरपालिका-११, काफ्लेपाटीदेखि पाथीभरा मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २।७५ किलोमिटर लामो केबलकार निर्माण हुनेछ। यसमा ३६ वटा यात्रुवाहक गोन्डोला र २ वटा मालवाहक गोन्डोला रहनेछन्। यात्रुहरूले तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म १० मिनेट ३१ सेकेन्डमा यात्रा गर्न सक्नेछन्।

पाथीभरा केबलकारका लागि प्रयोग गरिने सबै उपकरण तथा पार्ट्स विश्व प्रसिद्ध केबलकार कम्पनीका हुनेछन्। माथिल्लो स्टेसनमा तीर्थयात्रीहरूको सुविधाका लागि पानी, शौचालय र अक्सिजनसहित आधारभूत संरचना मात्र निर्माण गरिनेछ। यसबाहेक मन्दिर परिसर वा वरपरका वातावरणीय, सांस्कृतिक, ऐतिहासिक संरचनाहरूमा कुनै असर नपर्ने व्यवस्था मिलाइएको छ।

केबलकार निर्माणले विशेष गरी बालबालिका, वृद्ध वृद्धा, शारीरिक रूपमा अशक्त तथा उकालो(ओरालो यात्रा गर्न नसक्ने यात्रुहरूलाई विशेष सुविधा दिनेछ। हिँडेरै जान चाहने यात्रुहरूको लागि हालको पदमार्ग कायम रहनेछ।

रोजगारी र स्थानीय अर्थतन्त्रमा योगदान
अध्यक्ष ढकालका अनुशार पाथीभरा केबलकारको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ। निर्माण कार्य पूरा भएपछि करिब ३०० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्, जसमा ८० प्रतिशत स्थानीय बासिन्दालाई प्राथमिकता दिइने उनको भनाई छ ।

आइएमई समूहका अन्य पर्यटन पूर्वाधार परियोजनाहरूमा जस्तै पाथीभरा केबलकारमा पनि स्थानीय समुदायलाई परियोजनाको शेयर तथा लगानीको अवसर प्रदान गरिनेछ। केबलकार सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी तीर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुने र यसले स्थानीय उत्पादन (कृषि, घरेलु उद्योग, पर्यटन व्यवसाय) लाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस