६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नतिजालाई खर्चमा होइन, भौतिक उपलब्धिसँग दाँज्नुपर्छ : बालेन साह 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साह (बालेन) ले नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताएका छन् । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले खर्चमा मात्र नभई कामको प्रभावकारितालाई ध्यान दिनुपर्ने बताएका हुन् । 

“पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनुपर्छ”, उनले भने, “महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनुपर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।”

आन्तरिक राजस्व संकलनका विषयमा भएको छलफलका क्रममा प्रमुख साहले सार्वजनिक निकायले सञ्चालन गरेका व्यावसायिक क्षेत्रको करका विषयमा स्पष्ट पार्दै भने, “व्यवसाय सञ्चालन गरेपछि सबैले कर तिर्नुपर्छ । चाहे त्यो व्यक्ति होस् । निजी क्षेत्र होस् या सार्वजनिक निकाय होस् । यसमा कोही पनि दोधार हुनुपर्दैन ढुक्कले काम गर्दा हुन्छ ।”

समीक्षा कार्यक्रमपछि उपप्रमुख सुनिता डंगोलले आफ्नो लक्ष्यप्रति दृढ भएर काम गर्न सबैलाई आग्रह गरिन । चालु आर्थिक वर्षको यस अवधिमा कामपाले ४० दशमलव ६६ किलोमिटर सडक कालोपत्रे, १० दशमलव ३२ किलोमिटर सडक ढलान र ४१ दशमलव ३२ किलोमिटर सडकमा ब्लक छापेको जानकारी गराइएको छ । सो अवधिमा १२ दशमलव १६ किलोमिटर ढल राखेको छ । सोह्र वटा भवन र नौ वटा पार्क निर्माण गरेको छ ।

त्यसैगरी चौबीस वटा सम्पदा निर्माण र २६ वटा अमूर्त सम्पदा संरक्षण कार्य सम्पन्न भएका छन् । सार्वजनिक खरिदमार्फत ३२ वटा र उपभोक्ताबाट ७७ वटा योजना कार्यान्वयनमा गएका छन् । पन्ध्र वटा योजना खरिद प्रक्रियामा छन् । एक सय १५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० र नक्सांकन भइरहेका छन् ।

सहरी योजना आयोगबाट रु. ८१ करोड ८१ लाख बराबरका ५३ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । थप ७४ वटा योजनाको डिपिआर तयार हुँदैछ । रु. १० करोडभन्दा धेरै लागत भएका १५ वटा, रु. १० करोड २१ वटा, मालसामानको ५१ वटा र वडा कार्यालयका १४ वटा खरिदसम्बन्धी सूचना प्रकाशन गरेर प्राप्त प्रस्तावको मूल्यांकन र सम्झौता भएको छ । 

प्रतिक्रिया दिनुहोस