७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्यांकी निर्माण गरिने

अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्यांकी निर्माण गरिने भएको छ । 

एकीकृत खानेपानी आयोजनामार्फत एक घर एक धारा वितरणका लागि डाँडागाउँ खानेपानी ट्यांकी निर्माण तथा पाइपलाइन विस्तार योजना निर्माण कार्य बुधबारदेखि सुरु भएको छ । 

निर्माण कार्य शुभारम्भ गर्दै नगर प्रमुख शान्ति रख्त शाक्यले सबै नागरिकको घरमा खानेपानी पुर्‍याउने नगरको योजना रहेको बताए । यसअघि काभ्रे उपत्यका एकीकृत खानेपानीअन्तर्गत पानी आपूर्ति गर्दै आएकामा गत असोज १२ गते गएको बाढीले क्षति पुगेपछि नगरपालिकामा फेरि खानेपानीको समस्या भएको उनले बताए ।

नगरप्रमुख शाक्यले बनेपा नगरपालिकाले सबै वडाका नागरिकहरूलाई एक घर एक धारा जडानको उद्देश्यअनुरूप खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । खानेपानीमा राजनीति नगरी समस्या समाधान गर्ने काममा सहयोग गर्न उनले सबै नगरवासीलाई आग्रह गरे । 

नगर उपप्रमुख बिमला सापकोटा दाहालले बनेपा नगरपालिका–६ ले सुरु गरेको अभियानमा नगरपालिकाको पूर्ण समर्थन रहेको र यसका लागि आवश्यक बजेट तथा समन्वयका लागि नगरपालिका तयार रहेको बताइन् । उनले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरवासीले साथ र सहयोग गर्नुपर्नेमा जोड दिइन् । 

बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसी पहिलो चरणको खत्रीगाउँ डिपबोरिङको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताउछन् । उनले दोस्रो चरणको योजनाबाट डाँडागाउँ क्षेत्रका करिब एक हजार जना लाभान्वित हुने बताए । “तीन लाख लिटर क्षमताको ट्यांकी निर्माण सम्पन्नपश्चात् तेस्रो चरणका लागि रु ७० लाख विनियोजन गरिएको छ । यसबाट तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रका नागरिक लाभान्वित हुनेछन्”, उनले भने। 

सबै पानीका मुहान एकीकृत गर्न गठित समितिका संयोजक कृष्णबुद्ध बजगाईंले वडावासीको समग्र हितका लागि छरिएका मुहानलाई एकीकृत गर्न भएको सहमतिअनुसार तीव्र गतिमा काम अगाडि बढिरहेको बताए। “हामी सबै राजनीतिक दल, स्थानीय उपभोक्ता र जनप्रतिनिधिको संयुक्त भेलाबाट छरिएका मुहान एकीकृत गरेर संयुक्त रूपमा पानी  ट्यांकीमार्फत वितरण गर्न सहमत भएका हौँ । सोहीअनुसार काम अगाडि बढेको छ”, उनले भने । 

डाँडागाउँ खानेपानी ट्यांकी निर्माण तथा ‘पाइपलाइन’ विस्तार योजनाका संयोजक सुनिल घर्ती मगरले रु ३५ लाख ३० हजारमा लाइन विस्तार र खानेपानी ट्यांकी निर्माण सम्पन्न हुने बताए । नगरस्तरीय योजनाअन्तर्गत रु पाँच लाख ३० हजार उपभोक्ताबाट र बाँकी ३० लाख नगरपालिकाबाट बेहोर्ने उनले बताए । 

खत्रीगाउँमा रहेका सातवटा मूललाई एकीकृत गर्ने र थप पानीको स्रोतका लागि ‘डिपबोरिङ’ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस