१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन बनाउँदा १८ हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने

अ+ अ-

काठमाडौँ। ऊर्जा मन्त्री दिपक खड्काले नेपाल र भारतबीच प्रस्तावित क्रस बोर्डर प्रसारण लाइन निर्माण हुँदा १७ देखि १८ हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने बताएका छन् । भारत भ्रमण सम्पन्न गरी नेपाल फर्केका मन्त्री खड्काले शुक्रबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

हालै नेपाल-भारत ऊर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी बैठकले इनरुवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी प्रसारण लाइनको निर्माण तथा लगानी मोडालिटीमा सहमति गरेको थियो । यो सहमति ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरूप २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई पुरा गर्न कोशेढुंगा साबित भएको मन्त्री खड्काले बताए ।

‘हामीले १० वर्षभित्र भारतमा १० हजार र बांङ्लादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने भनिरहेका छौँ, त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणका लागि महत्त्वपूर्ण सहमति भएको छ, सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामीले भारत र बङ्गलादेशमा १७-१८ हजार मेगावाट विद्युत् निर्यात गर्न सक्छौँ,’ उनले भने ।

भारत भ्रमणका क्रममा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सिआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग उनले छुट्टाछुट्टै भेट गरेका थिए । त्यस्तै, बांङ्लादेशका उर्जामन्त्रीसँग पनि आफ्नो महत्त्वपूर्ण भेट र छलफल भएको मन्त्री खड्काले बताएका छन् ।

‘हामीले जे उद्देश्यका साथ बांङ्लादेशसँग पनि विद्युत् व्यापार गर्ने भनेका छौँ, त्यसलाई अगाडि बढाउने संकेत मिलेको छ, चाँडै नै यसले पनि मूर्त रूप लिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस