१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थद्वारा तल्लो सरकारलाई दिने वित्तीय समानीकरण अनुदान कटौती कम

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले यसअघि घोषणा गरेको वित्तीय समानीकरण अनुदान कटौतीको रकम कम गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो किस्ता बापत वित्तीय समानीकरण अनुदान (२५ प्रतिशत) मध्ये १३.२४ प्रतिशत मात्र पठाउने यसअघिको निर्णय संशोधन गर्दै महालेखा नियन्त्रकको कार्यालयले यो रकम २१.०८ प्रतिशतसम्म पठाउने निर्णय गरेको छ ।

यसअघि वार्षिक बजेटको ६३.२४ प्रतिशतमा नबढ्ने गरी वित्तीय समानीकरण अनुदान पठाउने निर्णय गरिएकोमा यो अब ७१.०८ प्रतिशतसम्म बढाइएको छ । कार्यालयले सोमबार यस्तो निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको भन्दै गत वर्षदेखि वित्तीय समानीकरण अनुदान कटौती गर्दै आएको छ । यसमा स्थानीय सरकारले भने असन्तुष्टि जनाउँदै आएका छन् ।

अर्थले चालु आव पहिलो ६ महिनामा लक्ष्यको ८४.३३ प्रतिशत मात्र राजस्व उठेको भन्दै वित्तीय समानीकरण अनुदानमा कैँची लगाउने निर्णय गरेको थियो ।

मन्त्रालयले २३ माघमा महालेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाउँदै उक्त निर्णयबारे जानकारी गराएको थियो । मन्त्रालयले राजस्व लक्ष्यको अनुपातमा अनुदान हस्तान्तरण गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस