१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौँरी-याक प्रवर्द्धन गर्दै सिरिजंघा गाउँपालिका

अ+ अ-

ताप्लेजुङ । सिरिजंघा गाउँपालिकाले कञ्चनजंघा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो । 

यसका लागि गाउँपालिकाले रु. आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ । सिरिजंघा महोत्सव–२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म  चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिए । त्यस अवसरमा उत्कृष्ट चौँरीपालकलाई पुरस्कृत गरिने छ ।

गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई रु. २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कार स्वरूप रु. आठ हजार पाँच सय ८६ उपलब्ध गराइने छ । हाल चौँरी पालनप्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताए । चौँरी पालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायको प्रमुख आम्दानीको स्रोत चौँरी गोठ हो । चौँरीबाट दूधजन्य पदार्थ घ्यू, छुर्पी उत्पादन गरेर बिक्री गरेर गुजारा गर्दै आएका छन् । त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्छ । किसानले चीनमा याक निर्यात गर्न पनि याक पालन गर्ने गर्छन् । एउटा याक रु. एक लाखभन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानको भनाइ  छ । गाउँपालिकाले आयोजना गरेको चौँरी याक प्रवर्द्धन तथा प्रदर्शन कार्यक्रमले किसानलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

साहसिक हाफ म्याराथन हुने
गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोका अनुसार सिरिजंघा महोत्सव–२०८२ का अवसरमा कञ्चनजंघाा साहसिक हाफ म्याराथन प्रतियोगिता पनि आयोजना गरिने छ । कञ्चनजंघा आधार शिविर क्षेत्रमा समुद्र सतहबाट चार हार पाँच सय मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. दुई लाख आठ हजार पाँच सय ८६, दोस्रो हुनेलाई रु. एक लाख आठ हजार पाँच सय ८६ तथा तेस्रो हुनेलाई रु. ५८ हजार पाँच सय ८६ पुरस्कार प्रदान गरिने छ । कार्यपालिकाको निर्णयानुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डेडाँडा, सिन्दुरे ढुंगा, तुप्लुङ, दुण्डु डाँडा, ढाउँ चोक, भेडी चोक हुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ ।

गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइक्लिङ कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ । आयोजकका अनुसार हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्ग अनुगमनका लागि यो महोत्सव उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस