९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३३ किलोमिटर नांगो खुट्टा यात्रा गरी जनकपुरधाम आइपुग्यो परिक्रमा

अ+ अ-

काठमाडौँ। १५ दिने मिथिला मध्यमा परिक्रमा १३३ किलोमिटरको यात्रा पुरा गरी आज जनकपुरधाम आइपुगेको छ । साधुसन्त, महन्त तथा हिन्दु धर्मावलम्बीको लावालस्करसहित सो परिक्रमा जनकपुरधाम आइपुगेको हो ।

परिक्रमामा सहभागीहरू बाह्रविघा मैदानमा त्रिपाल टाँगेर बसेका छन् । पैदल नांगो खुट्टा हिडेका उनीहरू थकित देखिन्छन् । यद्यपि उनीहरू आफै खाना पकाएर खान्छन् ।

परिक्रमामा सहभागी साधुसन्त, महन्थ, भक्तजन र धनुषाका लाखौँ मानिस भोलि बिहान अन्तर गृह परिक्रमा गर्नेछन् । पाँच कोषको यात्रा गर्नुपर्ने भएकाले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने चलन छ ।

मिथिला महात्म्यअनुसार यी विश्रामस्थलहरुको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रूपले व्याख्यान गरिएको हुँदा श्रद्धालुमा अटुट आस्था रहेको छ । मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यस धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाउन थालिएको हो ।

परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेक पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । यो परिक्रमाको अगाढ धार्मिक आस्था रहेको छ ।

धनुषाको कचुरी मठबाट मिथिला विहारी र जनकपुरको अग्निकुण्डबाट जानकीको डोला उठेपछि १३ दिन अगाडि विधिवतरुपमा परिक्रमा सुरु भएको थियो ।

परिक्रमा जनकपुरधाम आएकाले माँस-मदिरा खरिद बिक्री तथा सेवनमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।

अन्तर गृह परिक्रमाको विहानपल्ट होली मनाउने चलन छ । सो अनुसार जनकपुरधामबासीले शनिवार (चैत २ गते) होली मनाइनेछ । जनकपुरधाम बाहेक तराई/मधेसको जिल्लामा भने भोली शुक्रवार नै होली मनाइनेछ ।

प्रतिक्रिया दिनुहोस