१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरको ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै

अ+ अ-

ललितपुर । ललितपुरको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।

उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्ष पहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका-१६ मा सारेको इतिहास छ ।

उनी भन्छन्, ‘रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । विसं २०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिंगिटीको छाना लगाइएको थियो । झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र बाँदरले सजिलै क्षति गर्ने भएकाले हाल तामाको छाना लगाउँदैछौँ।’

हाल कुल लागत रु २८ लाख ९८ हजार ८७९ मा आगामी वैशाखमा काम सक्ने गरी छाना फेर्ने काम सुरु भएको छ । जसअनुसार बाग्मती प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, पर्यटन विकास आयोजनाअन्तर्गत रु २५ लाख ९६ हजार १५१ बजेट छ भने सम्पदा संरक्षणका लागि रत्नाकर महाविहार उपभोक्ता समितिले रु तीन लाख दुई हजार ७२७ व्यहोर्ने भएको छ ।

ललितपुरको अधिकांश ऐतिहासिक सम्पदामा हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा डोरीले क्षति पु(याउने गरेको र झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा पानी चुहिने समस्या झेल्नु परेको रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचार्यले बताए ।

नेवारी संस्कारअनुसार गुठीअन्तर्गतका विभिन्न कार्यक्रम महाविहारमा आयोजना गरिन्छ । नेवारी समुदायको परम्पराअनुसार महाविहारमा भेटघाट र भोज हुने गर्छ।

प्रतिक्रिया दिनुहोस