१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती तिमीलाई सम्झिरहनेछु !

अ+ अ-

जीवनको ऊर्जाशील समय बिताएको सेवामा अचम्मको मनोवैज्ञानिक र भावनात्मक सम्बन्ध हुने रहेछ । तीन दशक भन्दा बढी समय निजामती सेवामा बित्यो । जीवनको ऊर्जाशील समय त्यसैमा खर्च भयो । सेवामा प्रवेश गर्दा सुरुका दिनहरू ताजै हुने गरी सम्झना आउँछ । बिचतिरका दिनका कर्मको सम्झँदै गहिरिन मन लाग्छ । अन्तिम तिरका दिनहरू बिर्सिन झन् गाह्रो पर्छ । काम गर्दैगर्दाका सहज र असहज दिन सबै विस्मरणमा गएका छैनन् । सुरुका दिन सम्झँदा आनन्द आउँछ अनि डर पनि लाग्छ ती दिनमा त्यस्ता त्यस्ता आँटिला काम गर्न कसरी साहस बटुलिएछ, त्यति वेला । त्यस्तो पाकोपन नपुगेको काम गर्दा पनि समस्या किन आएन छ, भन्ने पश्न उब्जिन्छ मनमा । बढुवा भएका र नभएका दिनको सम्झना आउँछ । आफूभन्दा कनिष्ठ साथी माथि पुगेको र असहज अनुभव गरेका दिन पनि विस्मरणमा जाँदैन । आफूले राम्रै मानेका आदर गर्ने गरेका साथीहरूको पदोन्नति नभएकोमा दुःख लागेका विषय भने विस्मरणका विलय हुन लागेका छन् । तथापि त्यस्ता साथीको अखण्ड र घुलिन सेवा सम्झना आउँछ । धैर्यता र निरन्तरता अथक अभ्यास गर्ने शक्ति आफै उत्पन्न भयो कि कुन र के तत्त्वले उत्प्रेरित गर्‍यो अनुमानसम्म गर्न सक्दिन ।

अहिले बाहिर बसेर गम्ने अवसर मिलेको छ । विना तनाव पढ्ने अवसर जुटेको छ । अध्यात्मवाद र जीवन दर्शनका बारेमा पाएसम्मका सामग्री पढ्ने इच्छा जागेको छ, अध्ययनको गहिराइ नपुग्दा रहस्य पहिलिदैन्; छिचल्ने तागत पुगेको छैन, सन्तुष्टि मिलेको पनि छैन । कहिले उच्चस्तरीय परीक्षा सुधार कार्यदल त कहिले साना विद्यालयका बारेमा अनुसन्धान जस्ता कार्यले मन्त्रालयसँग जोडिइएको छ । परिवेशलाई भिन्न तरिकाले हेर्ने र बुझ्ने अवसर मिलिरहेको छ । केही औपचारिक र केही अनौपचारिक भेटघाट र छलफलमा निरन्तरता जस्तो भएको छ । बहुपक्षीय सहभागिताको छलफलमा सहभागीको वर्गीकरण स्वतः कर्मचारीको कित्तामा परिदो रहेछ । अरूले त्यसरी नै बुझ्दा रहेछन् ।

कर्मचारीको नेतृत्व र वर्चश्व नभएका छलफलमा कसैले कर्मचारीलाई दोष लगाउँछन् र सत्तोसराप पनि गर्दछन् । सरकारी कर्मचारीकै कारणले मुलुक बिग्रिएको भन्छन् । मनमा चिसो पर्दो रहेछ । कहिले काहीँ त अश्वभाविक प्रतिक्रिया समेत दिइने रहेछ । अनि पछुतो लाग्छ त्यत्रो छलफल र अन्तरक्रियाबाट सिक्ने अवसर प्राप्त हुँदाहुँदै किन जाइलागेको होला जस्ता भाव मनमा उत्पन्न हुन्छ । जीवनको ऊर्जाशील समय बिताएको सेवामा प्रतिको मोहमा अदृश्य संवेगले काम गरिरहेको हुँदो रहेछ । शिक्षक निवृत्त भएको खासै चर्चा हुँदैन । प्राध्यापक निवृत्त भएको थाह नै हुँदैन । तर कर्मचारी निवृत्त भए वरपरसमेत चर्चा परिचर्चा हुने गर्दो रहेछ ।

राज्य चल्न र चलाउन सबैको भूमिका उतिकै अवश्य पर्ने नै होला । सबैले एउटै काम गरेर त भएन । सबैको आ÷आफ्नो ठाउँमा जिम्मेवारी र भूमिका हुन्छ । उत्तिकै चर्चा, दृष्टिकोण र व्यवहार हुनु पर्ने हो भन्ने लाग्छ तर खास व्यवहार र सामाजिक दृष्टिकोणमा त्यस्तो हुने रहेन छ । तीस वर्षभन्दा लामो ऊर्जाशील समयमा थातथलो, इष्टमित्र र स्थानीयता सँगको अन्तरघुलन असाध्य कमजोर भएछ । जीवनको ऊर्जाशील समयको कमाइ जीवनको अन्तिम तिरको कमजोर वेलाको लागि उपयोगी हुन्छ भन्ने मान्यता यस दृष्टिले हेर्दा विपरीत भएछ ।

एकै वर्ष पुग्दा नपुग्दा आधा दर्जन जति अनुसन्धान प्रकृतिका प्रतिवेदनमा संलग्न भइएछ । तिनमा जीवनकालमा अर्जित ज्ञान र दृष्टिकोण प्रतिविम्वित त भए होलान् । तर पद्धतिमा रहँदा प्रतिवेदनले उपादेयता ठम्याएका विषयलाई यसरी कार्यान्वयनमा लग्छु वा यसरी प्रयास गरिन्छ भनी जुन मार्गचित्र दिमागमा आउँथ्यो त्यो हुने रहेनछ । अव त बाहिरिया भइएछ । भित्र र बाहिरका दुवैले हेर्ने दृष्टिकोण नै भिन्न छ । भिन्न परिवेशबाट सिक्न र मज्जा लिने तागत आफैले खोजिरहनु परेको छ । जीवनको कालखण्डका बुझाइ र भोगाइ यसरी सञ्चित भइरहेका छन् ।

विश्वासिलो र मजबुद निजामती सेवा भएका मुलुकमा जस्तो हाम्रोमा समाजिक परिवेशमा घुलन, सेवा सम्बन्धी सीप र कौशल जस्ता व्यवहारिक र सैद्धान्तिक तालिम कमी भएको कुरा अनुभूति मात्र भएको छैन अध्ययनका सामग्रीबाट पनि जानकारी भइरहेको छ । एकाध व्यक्तिका व्यवहारलाई लिएर कर्मचारी तन्त्रले नै देश विगार्यो भनी जिम्मेवार व्यक्ति, निकाय र नेताहरूका भनाइ सार्वजनिक हुने गर्दछ । निजामती संयन्त्र त राज्य सञ्चालनको माध्यम र साधन मात्र हो । साधनको प्रयोग गर्ने व्यक्ति राम्रो भएमा काम लाग्छ नत्र बिग्रिन्छ । हँसियाले घाँस काटेजस्तो हो । सिपालु मानिसले भुत्ते हँसियालाई आफै उद्याएर धारिलो बनाएर घाँस काट्दछ । ढंग नहुनेले आफ्नै हात काट्दछ जस्ता द्वन्द्वात्मक भावनाहरू मनमा उब्जिन्छ ।  

सेवामा मै हुँदाको मध्यकालतिर निजामती सेवामा आरक्षणको व्यवस्था भित्रियो । नयाँ अभ्यासको डेढ दशक जतिको अनुभवमा कसैले आरक्षणले निजामती सेवा खतम बनायो भन्दछन् । एउटा दुर्गमको दलितले कार्यालयमा आएर दलित कर्मचारीसँगै कुरा गर्न पाउँदा चेहरा हँसिलो हुनुको मनोविज्ञानको भित्री रहस्य अनुसन्धान नगरी खतम बनायो भन्ने भनाइमा सहमति हुन मन लाग्दैन । दुर्गम र अनकणटारका रैथाने बल्लतल्ल सरकारी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले आफ्नै रैथाने भाषामा कुरा गर्दा जनकारी र सेवा लिने कुरा सेवाको गुणस्तरको भिन्न पक्ष हो कि भन्ने लाग्दछ । गुणस्तरमा सेवाग्राहीको सन्तुष्टिको पक्षमा सूक्ष्म अनुसन्धान नै नगरी हचुवामा समावेशिताले खतम पार्‍यो भनेको सुन्दा चित्त काटिन्छ ।

मुलुकका बाह्य क्षेत्रका विशिष्ट विज्ञहरूलाई निजामती सेवामा भित्र्याई सेवालाई सिर्जनात्मक बनाउने मनसायले गरिएको खुला प्रवेश पद्धतिले उही सेवाका अक्षर राम्रो हुने, छिटो लेख्ने, काम ठगेर पढ्ने र घोक्ने अनि लिखित परीक्षामा टप गर्ने र फड्को मार्ने पुनरावृत्तिले पनि के नापेको छ र भन्ने लाग्छ, तर निचोडमा पुग्न सक्दिन । दुई तीन पटकसम्म आरक्षणको अवसर लिने तर मारा (क्रिमिलेयर) वर्गबाट देश उँभो लाग्दैन भन्ने गर्छन्, भनाइ ठिकै होला तर मस्तिष्क उदभ्रभित हुन्छ, बाल्यकालमा घाम उदाउने र उस्ताउने क्षितिजमा पुग्ने अभिलासा राखेजस्तै टुङ्गोमा पटकै पुग्न सिगिदैन् । आरक्षण कर्मचारी संयन्त्रको एउटा पक्ष मात्र होइन मुलुकको एकताका सूत्र हो रहेछ र राष्ट्रियताको तन्तु रहेछ भन्ने कुराले पनि मनलाई उथलपुथल पारिरहेको हुन्छ ।  

प्रशासनिक प्रणाली मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिणामका उपज हुन्। यसैले भारतमा राष्ट्रिय सबलीकरण सहित केन्द्रीकृत शासन शैली, पाकिस्तानमा अर्ध-राजनैतिक प्रशासनिक जटिलता, श्रीलङ्का र नेपालमा सदैव तरल र संक्रमण, बङ्गलादेशमा केन्द्रीकृत, भुटानमा एकात्मक र कठोर शैलीभित्रका प्रशासनिक संयन्त्र देखिएका छन् । अन्य मुलुकमा काबिल प्रशासक सेवा निवृत्त पछि राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय निकायहरूमा सल्लाहकारको भूमिकामा छन् । नेपालमा विज्ञ भएकाले पुन:अवसर मिल्यो भन्ने कुरामा जनविश्वास छैन । त्यो पक्ष पनि बलियो भइदिए हुने थियो भन्ने स्वभाविक भाव मनमा उत्पन्न हुन्छ ।

भारतमा योगाभ्यास र श्रीलङ्कामा बौद्ध दर्शनलाई आत्मासाथ गर्न लगाइन्छ । भुटानमा ग्रस नेश्नल ह्याप्पिनेश निजामती सेवाका मौलिक पक्ष मानिन्५ । तर नेपालमा निजामती सेवाको मौलिकता के त ? यी र यस्ता प्रश्न मनमा उब्जिन्छ । हामीले निजामती सेवा लगायतमा उपनिवेशको विरासत त बोक्न परेन तर एकात्मकताको विरासत बोकिरहेका छौँ । यसलाई संघीयतामा रुपमन्तरण गर्न सकेन छौ भन्ने अन्तर्ज्ञान सामाग्रीहरू अध्ययनबाट मिलेको छ । संघीयता व्यवस्थापनका क्रममा निजामती सेवा भित्र कसैलाई काखा र कसैलाई पाखाको व्यवहार सम्झिदा अहिले पनि चित्त काटिन्छ । स्वतन्त्र विश्लेषक र अनुसन्धानको कमीले निहिलिज्म दर्शनले काम गरिरहेको भन्ने बुद्धि जड भएर बसेको छ । भन्नाले सत्य र असत्य पहिचानको आधार छैन । बोल्नेको पिठो बिक्ने अवस्था छ । कर्मचारीतन्त्रको मनोविज्ञान यति विघ्न तन्नम बनेको छ कि भ्रम सत्य जस्तो र सत्य भ्रम जस्तो देखिन थालेको छ । यसको ज्वलन्त उदाहरण बनेको छ निजामती सेवा विधेयक ।

निजामती सेवा जति आलोचित छ उति कालजयी बनेको छ । राज्यको प्रादुर्भावदेखि राज्य संयन्त्रको मेरुदण्ड बनेको छ । राज्य संयन्त्रमा आलोचित भए पनि राजनीतिक नेतृत्वको सहयोगी बनेको छ ।जीवनका हिजका दिनहरू गाउँले परिवेशका थिए । चप्पल लगाउन पाउनु जीवनको ठुलै प्रगति भन्ने मानिन्थ्यो । त्यो जतिको खुसीको क्षण विरलै हुन्थ्यो । अहिले ती समस्या छैनन् । त्यस परिवेशको जीवन पद्धति र अहिलेकोमा कुन ठिक थियो त्यो भन्न सकिने रहेनछ तर ती यी दिन सम्झँदा मन द्रवीभूत हुन्छ । त्यो र यो दिनचर्यामा भिन्नता ल्याउने एउटा र प्रमुख कारक निजामती सेवामा प्रवेश र त्यसै गरिएको साधना पनि हो भन्ने लाग्दछ । 

कर्मचारीको सरुवामा कर्मचारीका युनियन र मन्त्रीको सचिवालयको अस्वभाविक जस्तो लाग्ने व्यवहारले यसको साख बढेको छैन, गिरेको छ भन्ने लाग्दछ । मन्त्री र मन्त्रीको सचिवालयमा पर्ने दबाबले मन्त्रीहरूलाई हत्तु बनाई निरीह हुनु परेका दृष्टान्त कहिलेकाहीँ पिडादायक नै बन्दा रहेछन् । कतिपय कर्मचारीले त राजनीतिक पहुँचको दुरुपयोग गरेर वर्षौँसम्म एउटै पदमा काम गरिरहेका छन् त्यस किसिमको अवस्थाबाट गुज्रिन खासै नपरेकोमा खुसी नै लागेको छ ।

निजामती सेवामा जीवनका उर्वर समय व्यतित भए तथापि शिक्षणमा पनि उत्तिकै चासो चिन्ता र संलग्नता रही नै रह्यो । सेवाकै क्रममा आधा दर्जन भन्दा बढी उच्च योग्यताका प्रमाणपत्र प्राप्त गर्ने अवसर जुटेको हो । त्यही क्रममा आधा दर्जन जति राष्ट्रिय स्तरका प्रतिवेदन लेखन कार्यमा संलग्न हुने अवसर मिलेछ । यिनै परिवेशले शिक्षा सम्बन्धी एक किसिमको समझदारी विकास भएर होला, शिक्षासम्बद्द भूँइतहका विषयवस्तुले बेलाबेलामा मनमस्तिष्कमा गहिरो प्रभाव पार्ने गरेको छ । जिम्मेवारीमा नै रहेका उच्च तहका पदाधिकारीहरूले विषयवस्तुको कारण र गम्भीरता नछिमली ×यति प्रतिशत विद्यार्थी अनिवार्य पास गराउनु पर्छ× जस्ता अभिव्यक्तिले मनलाई दिक्क बनाउँछ । अन्तराष्ट्रियस्तरमा एउटा विद्यार्थी उपलब्धि सम्बन्धी अध्ययनको नतिजाले राष्ट्रपतिलाई मुर्छित बनाएका दृष्टान्त मनमा प्रकट भएको हुन्छ ।  

आफ्नो कर्मथलोमा रहेर अरुकुराको प्रभाव नगरी खुरुखुरु बालबालिकाको पठनपाठनमा अन्तर घुलित भएका सच्चा व्यावसायिक नैतिकता र व्यवहार देखाएका शिक्षकको पहिचान र सम्मान गर्न नसकिएको विषयले मनमा शिक्षा सुधारको मार्गचित्र उत्पन्न हुन्छ । संरचना, पदसोपान र राजनीतिक दबदबाका कारणले शिक्षा सुधारको विमर्श, माग र विरोधहरू पठनपाठनको मर्मभन्दा सुविधा र लेनदेनमा केन्द्रित भएको जस्तो लाग्छ । शिक्षामा विमर्श (डिस्कोर्ष)को दिशा बदल्न पर्ने भएको छ, स्वभाविक दिशालाई बदल्नु (कोर्ष करेक्सन)को विकल्प छैन, कुरा यति मात्र हो हामी कहिले तयार हुन्छौँ । सबैको सुझ र बुझ कहिले जुर्छ । शिक्षा र निजामती सेवामा डिस्कोर्ष र कोर्ष करेक्सनको गति र दिशा कता, कसरी र किन भन्ने विषयमा अर्को सन्दर्भमा चर्चा गर्ने भाव मनमा उत्पन्न भएको छ ।

अन्त्यमा, यो समय मेरो निम्ति सेवाभन्दा बाहिर रहेर नियाल्ने अवल अवसर रह्यो । सार्वजनिक सेवामा रहँदा समाजको यथार्थबाट टाढा भएको अनुभूतिले पनि पटक पटक सम्झना आइरहेको छ । तेस्रो आँखाबाट स्वतन्त्र बुझाइको अवसर मिलिरहेको छ । चाहेर पनि विस्मरणमा पुर्‍याउन नसकिने विषय रहेछ यो । तिमीलाई सम्झिरहेको छु ! बेलाबेलामा सम्झिरहन्छु । अझ घोत्लिने छ । विशिष्टीकृत विषय क्षेत्रमा डिसकोर्ष र कोर्ष करेक्सनको बारेमा अन्तरभूतीकरण गर्दै प्रस्तुत हुने प्रयास गर्नेछु । 

प्रतिक्रिया दिनुहोस