६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एआईसँगै मानवीय विकासलाई जोड दिन आवश्यक छ’ : डा. दिलीप सुब्बा

अ+ अ-

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाले कृतिम बौद्धिकता (एआई) सँगै मानवीय विकासलाई जोड दिन आवश्यक रहेको बताएका छन् ।

नास्टको सञ्चार तथा सूचना प्रविधि (सिआइटी) विषयगत समितिद्वारा आयोजित ‘राष्ट्रको विकासमा कृतिम बौद्धिकता’ विषयक गोष्ठीमा उनले पछिल्लो समय एआई समाजमा दूरगामी प्रभाव पार्ने गरी विकसित हुँदै गएको अवस्थामा आवश्यक नीतिगत व्यवस्था गरी कार्यान्वयनमा ल्याउन जरुरी रहेको बताएका हुन् ।

“एआईले सबै किसिमका उद्योगलाई निकै प्रभाव परिरहेको छ । यसले काममा सहजताका साथै धेरै चुनौती पनि थपिएका छन् । यी सबै पक्षलाई विश्लेषण गर्दै नेपालले एआईको प्रयोगबारे विचार गर्नुपरेको छ । सरकारलाई विज्ञान प्रविधिका क्षेत्रमा सुझाव दिने नास्टको कर्तव्य हो, त्यसमा हामी लागिरहेका छौँ”, प्राध्यापक डा. सुब्बाले भने।

नास्टको सिआइटी विषयगत समितिका संयोजक प्राध्यापक डा. सुवर्ण शाक्यले यस्ता गोष्ठी, बहस, छलफल र पैरवीका माध्यमबाट एआईको प्रयोगात्मक नीतिलाई ध्यान दिँदै नीतिगत तहमा सहजीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा कृषि, स्वास्थ्यलगायत अन्य क्षेत्रमा समेत कृत्रिम बौद्धिकताको अत्यावश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले एआईसम्बन्धी नीति निर्माणका लागि यस क्षेत्रमा काम गर्ने कम्पनी तथा विज्ञसँग छलफल गरिएको बताए ।

‘एआईको प्रयोग बढ्दै छ, यससम्बन्धी नीति निर्माण, एआई केन्द्र स्थापना र यसलाई नियमन गर्न एआई परिषद् स्थापना गर्नेलगायत तयारी भइरहेको छ । नीति बनाउने मात्र नभई मन्त्रालयले पूर्वाधार निर्माणमासमेत ध्यान दिँदै आएको छ’, उनले भने ।

सहसचिव दत्तले नास्टलाई एआईले पार्ने नकारात्मक असरसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन र एआईको सही सदुपयोगका लागि पूर्वाधार तयार गर्न सुझाव पेस गर्न आग्रह गरे ।

नास्टका सचिव डा. रवीन्द्र ढकालले कृत्रिम बौद्धिकतालाई सही प्रयोगका लागि मानवीय बौद्धिकता आवश्यक रहेको बताए । उनले विश्वले कृत्रिम बौद्धिकताको उपयोग गरिरहेको अवस्थामा यहाँको राष्ट्रिय विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान आवश्यक रहेको बताए ।

सचिव डा. ढकालले प्राज्ञिक क्षेत्रमा भइरहेको बहसलाई मूल प्रवाहमा ल्याएर सरकारसम्म पुर्‍याउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको बताए । नास्टले बहस, छलफल तथा पैरवी गर्नका लागि विभिन्न ११ वटा समिति गठन गरेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस