१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ मार्च रहस्यमय गुरु ओशोको बुद्धत्व प्राप्ति दिवस

अ+ अ-

विश्व आध्यात्मिक आकाशमा डिसेम्बर ११, सन् १९३१ मा एक अद्भुत बुद्ध पुरुषको जन्म भयो | समाजमा क्रान्ति र मान्छेभित्र शान्तिको सन्देश दिएर उहाँले संसारभरि तरंगित बनाउनु भयो | उहाँले यो युगको मनुष्य कजानजकिसको उपन्यास जोर्बा दि ग्रिकका पात्र जोर्बा जस्तै संसारको भौतिक समृद्धि र जीवनका हरेक सुखको उपयोग गर्ने अनि गौतम बुद्धजस्तै ध्यान र आन्तरिक शान्तिको रसमा डुब्ने “जोर्बा दि बुद्ध” हुनुपर्दछ भन्नुभयो |

भारतको मध्य प्रदेश राज्यको रायसेन जिल्ला, बरेली तहसिलमा रहेको कुछवाडा भन्ने गाउँमा उहाँको  मामाघरमा ती महान् रहस्यदर्शिको जन्म भएपछि उहाँ सातबर्षको उमेरसम्म मामाली हजुरबुवा र हजुरआमाको साथमा अपार प्रेममा हुर्किनु भयो | ओशो सात वर्षको हुँदा उहाँको हजुरबुवाको मृत्यु पछि उहाँ आफ्नो आमाबुवाको घर मध्य प्रदेश राज्यकै नरसिंहपुर जिल्ला, गाडरवारा आउनुभयो | उहाँको बुवा गाडरवारामा सानो कपडा व्यापारी बाबुलाल जैन अनि आमा सरस्वती जैन हुनुहुन्थ्यो | गाडरवारा शहर शक्कर नदीको किनारमा बसेको छ | उक्त शहरको उत्तरमा लगभग १४ कि.मि. दुरीमा नर्मदा नदी तथा पश्चिममा लगभग ९ कि.मी. दुरीमा उमर नदी बगिरहेका छन् | बाल्यकालमा उहाँको नाम रजनीश चन्द्रमोहन जैन थियो | उहाँ स्कुले जीवन देखी नै  विद्रोही प्रकारको स्वभाव अनि प्रतिभाशाली, तेज  र प्रखर वक्ता हुनुहुन्थ्यो | उहाँ स्कुले जीवन देखी नै सत्यको खोजमा प्रयासरत हुनुहुन्थ्यो | ध्यान, साधना र योगमा उहाँ निरन्तर लागिरहनु भएको थियो |

स्कुले जीवनपछि उहाँ उच्च शिक्षा अध्ययनको  लागि जवलपुर जानुभयो | सन् १९५१ मा उहाँ जवलपुरको हितकारिणी कलेजमा उच्च शिक्षाको लागि भर्ना हुनुभयो| उक्त कलेजका प्रोफेसरहरुसंग वादविवाद पछि उहाँलाई उक्त कलेज छोड्न लगाइयो | त्यसपछि उहाँ जवलपुरकै डी. एन. जैन कलेजमा भर्ना भई दर्शनशास्त्र अध्ययन गर्न थाल्नुभयो | घरबाट पैसा नलिई अध्ययन गरिरहनु भएका ओशोले अध्ययनको साथै स्थानीय पत्रिकामा सहायक सम्पादक भएर पार्टटाईम काम गरी आफ्नो मासिक खर्च जुटाई रहनु भएको थियो | अनि उहाँ निरन्तर ध्यान, साधना र योगमा तल्लीन हुनुहुन्थ्यो | बुद्धत्व प्राप्तिको लागि उहाँ अनवरत लागिरहनु भएको थियो |

यो युगका महान् बुद्ध पुरुष ओशोले बुद्धत्व प्राप्तिको लागि कयौँ जन्मदेखि प्रयास गरिरहनु भएको थियो | उहाँले यो जीवनमा बहुत ठुलो खोज गर्नुभयो | बहुत परिश्रम गर्नुभयो | सत्य जान्नको लागि उहाँले सारा बल, परिश्रम, मेहनत साधनामा लगाउनु भयो | यो युगका महान् रहस्यदर्शिले २१ वर्षको उमेरमा २१ मार्च, सन् १९५३ मा जवलपुरको भंवरलाल पार्कमा रहेको मौलश्री वृक्षको फेदमा राति करिव एक बजे उहाँले बुद्धत्व प्राप्त गर्नुभयो | त्यस समय उहाँ जवलपुरमा योगेश भवनमा बस्नुहुन्थ्यो |

आफ्नो बुद्धत्व प्राप्तिको सन्दर्भमा ओशो भन्नुहुन्छ | २१ मार्च १९५३ भन्दा सात दिन पहिला मैले आफूमाथि काम गर्न छोडिदिए | ओशो भन्नुहुन्छ एक क्षण यस्तो आउँछ हामीले प्रयासको निरर्थकता बुझ्न थाल्दछौ | उक्त सात दिन मेरो पुरा रूपान्तरणका  दिन थिए | अन्तिम दिन एउटा नयाँ ऊर्जाको उपस्थिति अनुभव भयो, एक नयाँ सघन आनन्दको अनुभव भयो | त्यो आनन्द यति घना थियो कि त्यसलाई सहन मुस्किल भइरहेको थियो | ओशो भन्नुहुन्छ मेरो मन मेटिइरहेको थियो | त्यो कहीँ टाढा गएको थियो | ओशो भन्नुहुन्छ, त्यस बेला तिर  म राति १२ अथवा १ बजे सुत्ने गर्दथे तर त्यस दिन म साँझ ८ बजे नै सुतेको थिए | त्यस दिन म सुते तर निन्द्रा अचम्मको थियो, शरीर सुतेको थियो तर म जागिरहेको थिए | अचानक १२ बजे मेरो आँखा खुल्यो | मेरो कोठाको चारैतिर एक दिव्य उपस्थिति महसुस भयो | त्यो उपस्थिति यति सघन थियो तथा यति  तिब्र थियो कि त्यसलाई आत्मसाथ गर्न गाह्रो भइरहेको थियो | म कोठाबाट निस्किएर सडकमा गए | त्यसपछि म नजिकैको बगैँचा तिर जान लागे | मेरो गति नयाँ थियो, यस्तो लागिरहेको थियो कि मेरो गुरुत्वाकर्षण समाप्त भयो |

मलाई लागिरहेको थियो म हिँडिरहेको छैन, म दौडिरहेको छु अथवा उडिरहेको छु | मलाई कुनै ऊर्जाले तानिरहेको थियो | पहिलो पटक म एक्लै थिइन् | पहिलो पटक थोपा समुन्द्रमा मिसिएको थियो | म त्यस बगैँचाको नजिक गए | त्यस बेला रातिको लगभग १ बजेको थियो | मलाई बगैँचाले तानिरहेको थियो | मैले आफूलाई रोक्न सक्दैनथे | म त हावामा उडिरहेको थिए | ओशो भन्नुहुन्छ जब म त्यस बगैँचामा घुसे त्यहाँ सबै चिज प्रकाशमान भयो | चारैतिर भगवत्ता बर्षिरहेको थियो | मैले पहिलो पटक रुखको हरियाली तथा त्यसभित्रको जीवन रसलाई देखे | त्यहाँ सारा बगैँचा जीवन्त देखियो | घाँसका साना साना पात पनि बहुत सुन्दर देखिइरहेका थिए | ओशोले  त्यस क्षणको स्मरण गर्दै भन्नुहुन्छ | मैले चारैतिर हेरे | एक मौलश्रीको रुख बहुतै ज्योतिर्मय थियो | त्यस वृक्षले मलाई आफूतिर आकर्षित गर्‍यो | मैले होइन परमात्माले नै त्यसलाई छानेको थियो | म गएर त्यसको फेदमा बसे |  जब म बसे सबै कुरा शान्त हुन लाग्यो |  समस्त विश्वबाट भगबत्ता बर्सन लाग्यो | ओशो भन्नुहुन्छ यो भन्न मुस्किल छ कि त्यस स्थितिमा म कतिबेर बसे | जब म घर फर्किए बिहान ४ बजिरहेको थियो | यसको अर्थ हुन्छ म त्यहाँ ३ घण्टा बसे | त्यो अनुभव समयातितको अनुभव थियो |

ओशो भन्नुहुन्छ उस दिन जुन म भित्र घट्यो त्यो मेरो भित्र आजसम्म अन्तर धाराको रूपमा बगिरहेको छ | हरेक क्षण त्यो पटक पटक घटिरहेको छ | त्यस रात म खालि भए , शून्य भए तथा पूर्ण पनि भए | मेरो अस्तित्व रहेन म अस्तित्वमा समाहित भए | ओशो भन्नुहुन्छ २१ मार्चमा जुन व्यक्तिले अनेक जन्म लिएको थियो त्यो समाप्त भयो | त्यसको मृत्यु भयो तथा एक बिल्कुल नयाँ व्यक्तिको जन्म भयो |

ओशोले बुद्धत्वको सम्बन्धमा भन्नुहुन्छ | बुद्धत्व भनेको बिचार तथा भावरहित शुद्ध चेतनाको अनुभव हो| जब चेतना पुरा रूपमा खालि हुन्छ तब आफूभित्र विस्फोट हुन्छ तथा अन्तर आकाशमा यस्तो प्रकाश फैलिन्छ कि त्यसको कुनै स्रोत, कुनै कारण हुँदैन | जब यो एक पटक घट्छ त्यसले कहिल्यै छोड्दैन | जब तिमि निदाइरहेका हुन्छौ त्यस बेला पनि त्यो प्रकाश भित्र रहन्छ | त्यसपछि तिमि हरेक चिजलाई नयाँ दृष्टिले हेर्न थाल्छौ | यस अनुभव पछि तिमीभित्र कुनै प्रश्न नै उठ्दैन | ओशो भन्नुहुन्छ बुद्धत्व प्राप्त गरेपछि मैले १३१५ दिन सम्म यथासम्भव मौन रहने कोसिस गरे | कुनै आवश्यक कामको लागि जब बोल्न पर्दथ्यो मैले तार जस्तो संक्षिप्त भाषामा बोल्दथे |

बुद्धत्व प्राप्ति पछि विभिन्न बुद्धपुरुषहरुको फरक फरक अभिव्यक्ति देख्न सकिन्छ | कुनै बुद्ध पुरुष मौन रहे जीवनभर | बुद्धत्व प्राप्ति पछि कुनै बुद्ध पुरुष नाच्दछन् | कुनै बुद्ध पुरुषले बाँसुरी बजाउदछन | कसैले तार्किक तरिकाले आग्नेय प्रवचन दिएका छन् | ओशोले बुद्धत्व प्राप्तिको केही वर्षपछि तार्किक प्रवचन दिएर आध्यात्मिक जागरण ल्याउनु भयो | भगवान् गौतम बुद्धले पनि बुद्धत्व प्राप्ति पछि जीवनभर प्रवचन दिएर ध्यान गर्न उत्प्रेरित गर्नुभयो | ओशोकै शब्दमा भन्नुपर्दा बुद्धपुरुषलाइ बोल्नमा रस हुँदैन , मान्छे हरूले बुझुन् भन्ने कुरामा बुद्धपुरुषलाइ रस हुन्छ |  

भौतिक संसारबाट पलायन नभईकन यसै भौतिक संसारमा आफ्नो पेशा, व्यवसाय, घर परिवारको साथमै रहेर आध्यात्मिक साधना गर्दै बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने दर्शन ओशोले यो पृथ्वीमा ल्याउनु भयो | ओशो पनि आफ्नो साधना कालमा कहिल्यै भौतिक दुनियाँबाट टाढा हुनुभएन | बुद्धत्व प्राप्त गर्ने समयमा उहाँले जवलपुरको घना शहरमा सांसारिक गतिविधिहरू सँग सँगै अघि बढाउँदै साधना गर्नुभयो | उहाँले जवलपुरमा डी.एन. जैन कलेजको अध्ययनलाई जारी राख्दै उहाँ साधनारत रहनुभयो | सत्यको खोजमा कठोर मेहनत गर्नुभयो | उहाँले कलेजको पढाई छोडी एकान्त जंगल, गुफा तथा हिमालयमा नगईकन जवलपुर शहरमा नै बसेर उहाँ अनवरत साधनामा लागिरहनु भयो | बुद्धत्व प्राप्ति गर्नको लागि कुनै पेशा, घर, परिवार, सहरबाट अलग रही एकान्त जंगल र गुफामा गएर साधना गर्नु पर्दछ भन्ने मान्यता ओशोको बुद्धत्व प्राप्तिले तोडिदिएको छ | भौतिक दुनियाँको एकान्त होइन व्यक्ति आफूभित्रको एकान्तमा जानुपर्दछ भन्ने मान्यता ओशोले स्थापित गरिदिनुभयो | ओशोको बुद्धत्व प्राप्तिको समयलाई हेर्दा त्यस बेला उहाँ जवलपुरमा कलेजमा अध्ययन गर्नुहुन्थ्यो, दैनिक खर्च जुटाउन काम पनि गर्नुहुन्थ्यो अनि सँगै अत्यन्त लगनका साथ ध्यान र साधना पनि गर्नुहुन्थ्यो |

मनुष्य जातिको इतिहासमा राजा जनकको बुद्धत्व प्राप्ति पछि ओशो यस्तो बुद्ध पुरुष हुनुहुन्छ जसले संसारको भौतिक दुनियाँमा आफ्नो कर्ममा विचरण गर्दै बुद्धत्व प्राप्त गर्न  सफल हुनुभयो | भगवान् श्रीकृष्णले गीतामा उल्लेख गर्नुभएको कर्म संयास ओशोको जीवनमा साक्षात् रूपमा देख्न सकिन्छ | कृष्णका बहु आयामिक प्रतिभा जस्तै ओशोमा पनि जीवनका हरेक आयामहरू देख्न सकिन्छ | जीवनका हरेक रँगहरूले उहाँ जाज्वल्यमान हुनुहुन्छ | जोर्बा दि बुद्ध यो युगको आवश्यकता  हो यो संसारमा | यो समयको आवश्यकता अनुरूपको दर्शनलाई आत्मसाथ गरेर उहाँले बुद्धत्व प्राप्त गर्नुभयो अनि उहाँले जोर्बा दि बुद्धको शिक्षण संसारलाई दिनुभयो | भौतिक दुनियाँको कुशल उपयोग गर्दै भौतिक सम्पन्नता र समृद्धिलाई प्रयोग गर्दै साधनाको उचाइमा पुग्नु पर्दछ यो युगको मान्छे भनेर उहाँले वकालत गर्नुभयो |

विज्ञान र प्रविधिको प्रवर्द्धन र उपयोग गर्दै आध्यात्मिक साधनालाई सहज बनाउन सकिन्छ भन्ने उहाँको बिचार छ | विज्ञान अध्यात्मको विरोधी चिज होइन, विज्ञान अध्यात्मको सहयात्री हो भन्नुभयो | विज्ञान र प्रविधि सँग मित्रवत् सम्बन्ध स्थापित गर्दै साधक अध्यात्मको उचाइमा पनि पुग्न सक्दछ भन्ने मान्यता उहाँले संसारमा स्थापित गर्नुभयो | यस्ता महान्, यो युगका बुद्ध पुरुष ओशोको बुद्धत्व प्राप्ति दिवसमा ती महान् गुरुप्रति हार्दिक नमन |

प्रतिक्रिया दिनुहोस