१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुरली मकै सिफारिस गर्दै मकै बाली अनुसन्धान कार्यक्रम

अ+ अ-

चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलो पटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए ।

उनका अनुसार विगत छ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो । कार्यक्रमले विभिन्न २८ जातका मुरली मकैको परीक्षण गरिरहेको भए पनि ९६ प्रतिशत फुला उठ्ने यो मकै पहिलो पटक सिफारिसको तयारी गरिएको उनले बताए। उनका अनुसार यो मकै हाल चितवनको माडी र पर्साको जीतपुरमा दुई वर्षदेखि परीक्षण गरिएको छ ।

त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुरा, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीमा पनि यसको परीक्षण भइरहेको उनले बताए । अहिले कुन ठाउँमा कति उत्पादन दिन्छ भन्ने परीक्षण भइरहेको र ठाउँ सुहाउँदो भएपछि आगामी वर्षभित्र सिफारिस गरिने उनको भनाइ छ ।

कार्यक्रमका संयोजक तीर्थराज रिजालले नेपालमै पहिलो पटक स्थानीय जातको सिफारिस गर्ने तयारी गरिएको बताए। उनले भने, “नेपालमा मुरली मकै अहिलेसम्म सिफारिस गरिएको छैन । यस वर्षको नतिजा आएसँगै सिफारिसको प्रक्रियामा अघि बढ्छौँ ।” अहिले नेपालमा मुरली मकैको बीउ विदेशबाट आयात हुने गरेको उनले बताए । नेपाली जातको भीमनगर लोकल मुरली मकैमा रोग सहन सक्ने क्षमता, उत्पादन धेरै हुने रिजालको भनाइ छ । उनका अनुसार कार्यालयले गुलियो मकै र मुरली मकैको अनुसन्धान गरिरहेको छ । आगामी वर्ष यस मकैको प्रतिवेदन बीउविजन नियन्त्रण तथा गुणस्तर केन्द्र हरिहर भवनमा प्रस्तावना पेस गर्ने गरी काम भइरहेको छ । हाल परीक्षणका क्रममा रहेका २८ जातका मकैमध्ये १० जातका मुरली मकै उत्कृष्ट रहेको छ ।

कार्यालयले नेपालभर स्थानीय रूपमा लगाइँदै आएका मुरली मकैको बीउ संकलन गरी परीक्षण र अनुसन्धान सुरु गरेको हो । अहिले नेपालमा व्यावसायिक रूपमा मुरली मकै खेती गर्ने किसानले आयातित बीउको प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस