६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्घाखाँची पुगेर ओलीले भने-‘पाणिनि ऋषि यतै जन्मिएका हुन्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि महर्षिको जन्मभूमि पाकिस्तानमा नभई यहीँ भएको बताएका छन् ।

‘पाणिनिको जन्मभूमि अर्घाखाँची ध्यानभूमि, ज्ञानभूमि र देवभूमि हो, अरू भ्रमका कुरा हुन्’, उनले भने । अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको उनले बताएका छन् ।

आज अर्घाखाँचीमा आयोजित ‘पाणिनि तपोभूमि सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे ।

‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो । यहाँबाटै ज्ञानको सुरुवात भयो, प्रधानमन्त्री ओलीले भने, ‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरु सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।’

प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता(एआई) विकासमा समेत प्रयोग भइरहेको बताए ।

‘पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो, ‘उनले भने ।

उनले पाणिनिले मात्र नभई शिव, सिंग ऋषि, पतञ्जली, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पारे । नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको स्पष्ट पारे । धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न जोड दिने बताए ।

पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको प्रधानमन्त्रीले बताए ।

ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन् । शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो’, ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस