६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ वर्ष: यस्तो छ परम्परा, उत्सव र सांस्कृतिक महत्त्व !

अ+ अ-

काठमाडौँ । आजबाट विक्रम संवत् २०८२ साल हामीमाझ आइपुगेको छ । नयाँ वर्ष, नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ थालनी । सबै कुरा नयाँ छ आज । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाइन्छ । एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । नेपाली पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ । 

नयाँ वर्ष विश्वमा अलग–अलग तिथि मितिमा फरक–फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्ष मनाइन्छ । तीमध्ये विक्रम संवतको नयाँ वर्षको सुरुवात वैशाख एक गतेदेखि हुन्छ । नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको छ । 

लहरा तथा रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहू कुहू र अन्य चराहरूको चिरबिरले सजिएको वसन्त ऋतुको  मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ । नेपालको राष्ट्रिय पात्रो पनि हिन्दु पञ्चाङ्गमा आधारित विक्रम संवत्अनुसार छ । यो प्राचीन हिन्दु परम्परा एवं वैदिक गणितमा आधारित सौर्य पात्रो हो । 

विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भएको हो । त्यहीँबाट नै नयाँ वर्ष मनाउने चलन चलेको धर्मशास्त्रविद्, प्राध्यापक डा. रामचन्द्र गौतम बताउँछन् ।

उनका अनुसार, विक्रम संवत् सौर मानअनुसार सूर्य मेष आदि १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ र नयाँ वर्ष फेरिन्छ । नेपालमा भने विक्रम संवत् लिच्छवि कालतिरदेखि नै चलिआएको पाइन्छ । यो दिनलाई नेपालमा धर्म एवं संस्कृतिसँग पनि जोडिएको पाइन्छ ।

उपत्यकामा यसरी मनाइन्छ नयाँ वर्ष
नयाँ वर्षका दिन काठमाडौँ उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् । 

यसरी नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष संक्रान्ति अर्थात् वैशाख संक्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृति पछ्याएका हुन् ।

नयाँ वर्षको महत्त्व
नयाँ वर्षले धार्मिक स्वरूप मात्र ग्रहण नगरी सामाजिक प्रचलनलाई समेत अँगालेर समाजमा नयाँ उत्साह सञ्चार गराउँदै आएको छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ त्यसबाहेक वर्षभरिका तीता मीठा पलहरूलाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउनुपर्ने गौतमको भनाइ छ । प्राचीनकालमा नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ–मन्दिरमा पूजाआजा गरिन्थ्यो भने अहिले शुभकामना आदान–प्रदान गरेर तथा नयाँ कपडा लगाएर नयाँ वर्ष मनाउने चलनको विकास भएको उनले बताए । 

उनका अनुसार आम मानिसमा पनि नयाँ वर्ष भन्नासाथ खुसी र उमङ्ग सञ्चार हुन थाल्छ । उत्सवका रूपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान छ । नयाँ वर्ष मनाउने सबैको आ–आफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ । यो मानव वा कुनै पनि संघसस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो । त्यसैले यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गरिने भएकाले यसको महत्त्व धेरै निकै नै छ । 

नयाँ वर्षका दिन आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठा मीठा परिकार खाने आदि गरिन्छ । 

नयाँ वर्ष कहाँ कसरी मनाइन्छ ?
आफ्नो रीतिथिति, धर्म, संस्कृति, भेष भूषा आदि आधारमा हरेक देशले नयाँ वर्ष मनाउँदै आएका छन् । यसैलाई मध्यनजर गरेर आफ्ना चाडपर्व मनाउने चलन संसारभरि नै रही आएको छ । 

संसारमा दुई किसिमको पात्रो प्रचलित छ । एउटा चन्द्र मासअनुसार तिथिका आधारमा विभिन्न पर्व मनाइने हुँदा नयाँ वर्ष पनि तिथिकै आधारले मनाइन्छ भने अर्को सौर्य मासअनुसार गतेका हिसाबले पर्वहरू मनाइने हुँदा नयाँ वर्ष पनि निश्चित गतेमा नै मनाइन्छ । 

नेपालमा सौर्य मासअनुसार वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ । तर, अन्य धेरै चाडपर्व प्राय: चन्द्र पात्रोअनुरूप नै मनाइँदै आएको छ । यहाँ हामी विश्वका केही देशमा मनाइने नयाँ वर्षको बारेमा जानकारी दिने प्रयास गर्ने छौँ ।

भारत
यहाँ ठाउँपिच्छे विभिन्न किसिमले नयाँ वर्ष मनाइन्छ । बङ्गालमा नयाँ वर्षको अवसरमा देवीदेवताको पूजा गरिन्छ । साथै रवीन्द्र सङ्गीत र हाँस खेल, ख्यालठट्टा, नाचगान गरेर मनाइन्छ । कुमाउ र गढवाल प्रदेशमा नयाँ वर्षको दिन पहेँलो लुगा लगाएर आफ्ना बन्धु जनहरूलाई उपहार प्रदान गरिन्छ । राज स्थानमा मीठो पकवान बनाएर बाँड्ने, खुवाउने गरिन्छ । 

विहारमा महिलाले जौका बाला सजाएर गीत गाउँदै शुभकामना दिने गर्छन् । आसाममा शुभ वस्तुलाई हेरी त्यस वर्षभरि नै शुभ हुनेछ भन्ने धारणा पाइन्छ । पन्जाबमा गणेश र लक्ष्मीको पूजा गरी शुभकामना व्यक्त गर्दै नाचगानको आयोजना गरिन्छ । काश्मीरमा देवीदेवताका शक्ति पीठहरूमा पूजाआजा गर्ने, आफ्ना छोरीको घरमा मीठा–मीठा खानेकुरा खाई सुखद जीवनको शुभकामना व्यक्त गरिन्छ ।

चीन
यस दिन चिनियाँ रातभरि जागा रहन्छन् र आफ्ना मान्यजनहरूबाट आशीर्वाद लिई राम्रो भोजन ग्रहण गरी सफा–सुग्घर भई मनाउँछन् ।

थाइल्यान्ड
आफ्नो घर–आँगन सफा–सुग्घर गरी दीपावली मनाउने, बौद्ध गुम्बाहरूमा गई प्रार्थना गरेर आफन्तहरूलाई शुभकामना आदान–प्रदान गरेर बडो उमङ्गको साथ यो चाड मनाइन्छ ।

कोरिया
यहाँ नयाँ वर्ष मनाउन तीन दिनसम्म सरकारी बिदा दिइन्छ । तीन दिनसम्म पसलहरू बन्द हुने गर्छन् । यस दिन चामलको रक्सी तथा चामलको रोटी अनिवार्य रूपमा खान्छन् खुवाउँछन् । यसो गर्‍यो भने एक वर्ष आयु बढ्छ भन्ने जनविश्वास छ ।

कुवेत
यस दिन रातभरि घरमा दीपावली गरी साथीभाइबिच नाचगान गरी खुसीले शुभकामना आदान–प्रदान गरिन्छ ।

मेक्सिको
यस दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरिन्छ । एउटै चर्चमा आएर सयौँ मानिस विवाह बन्धनमा बाँधिन्छन् भने मन नपरेका जीवनसाथीसँग पनि त्यही दिन छोड पत्र गरिन्छ र मन परेको जीवनसाथी रोजिन्छ ।

अमेरिका
नयाँ वर्षको दिनमा अभिनन्दन समारोह गरेर मनाउने चलन छ ।

जापान
नयाँ वर्षको अवसरमा हरिया वृक्षहरू घर वरिपरि सजाएर शुद्ध जलको प्रयोग गरिन्छ । यस दिनमा आफ्ना मान्यजनबाट आशीर्वाद लिएर मीठा फलफूल खाएर र आफूले लिएको ऋण तिर्ने चलन छ ।

बेलायत
डिसेम्बर ३१ देखि नै घर–घरलाई झिलिमिली पारिन्छ । यस दिन नाचगान गरेर, नयाँ कपडा लगाएर नयाँ वर्ष मनाइन्छ । रातको ठिक १२ बजे बढाइँ हुन्छ र त्यसको अर्थ हो– पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुवात हुनु । यस्तै नयाँ वर्षको अवसरमा फ्रान्समा बसिली दिवसका रूपमा दीपावली गर्ने चलन छ । 

खानपानमा ध्यान दिनुपर्छ–पोषणविद्
पछिल्लो समय नयाँ वर्ष धूमधामका साथ मनाउने प्रचलन नेपालीहरूका बीचमा बढ्दै गएको छ । नयाँ वर्षलाई मित्रता एकता तथा सद्भावको पर्वका रूपमा पनि लिइन्छ । यो दिन आफन्तहरू भेला भएर विभिन्न मिठा परिकार पकाएर खाने गरिन्छ । यस्तै, नयाँ वर्षमा परिवार–परिवार मिलेर घुम्न जाने, पिकनिक जाने प्रचलन बढ्दै गइरहेको छ । घरबाट बाहिर गएको बेलामा घरमा बनाएर खाना लैजानुभन्दा पनि बजारमा पाइने विभिन्न परिकारका खाद्यान्नको उपभोग बढी हुने गर्छ । बच्चाहरूलाई भुलाउन आइसक्रिम, केक, पाउरोटीजस्ता खानेकुरा दिइन्छ । 

बेकरी आइटमहरू केक, पाउरोटी, आइसक्रिमका साथै फास्ट फुड र चिल्लोमा तारेर बनाइने मिठाइ, समोसा, पुरीलगायतका खानेकुरा खाने प्रचलन नेपाली समाजमा झन् बढ्दै गएको छ । यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा धेरै असर पर्ने पोषणविद् सम्झना शाही बताउँछिन् । यस कारण खानपानमा धेरै ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अन्त्यमा
विश्वमा पुसको तेस्रो हप्ताको मध्य अर्थात् जनवरी १ तारिखदेखि नयाँ वर्ष प्रारम्भ हुन्छ । यसरी नव वर्षको स्वागत तथा अभिनन्दन गर्ने कलाकौशल आ–आफ्नो देशमा आ–आफ्नै किसिमको रहेका छन् । समष्टिगतमा हेर्दा संसारका विभिन्न राष्ट्रहरूमा नव वर्ष उत्सव विशेष उल्लासपूर्ण वातावरणमा मनाउने गरिन्छ । 

विश्वका सम्पूर्ण मानव समुदायहरू नव वर्षको उपलक्ष्यमा आपसमा बधाई शुभकामना, दीर्घायु, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको कामना व्यक्त गर्दछन् । पुरानो सालमा घटेका तीता मीठा अनुभवहरू बिर्सी बाँकी कतिपय कार्यहरू सफल गराउने विश्वाससाथ समस्त मानव समुदायका लागि नयाँ वर्ष उत्सुकताको प्रतीक मानिन्छ । नयाँ वर्ष २०८२ को शुभकामना !

प्रतिक्रिया दिनुहोस