१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिनबन्धु पोखरेलले भने-‘धार्मिक पर्यटन प्रवर्द्धनले जिडिपीमा ३५ प्रतिशत योगदान रहन सक्छ’

अ+ अ-

काठमाडौँ । वाचन पण्डित दिनबन्धु पोखरेलले नेपालमा धार्मिक पर्यटनको प्रचार र प्रवर्द्धन मात्रै गर्न सके देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ३५ प्रतिशत योगदान पुग्न सक्ने बताएका छन् ।

चितवनको नारायणगढमा सोमबार आयोजित एक कार्यक्रममा पण्डित पोखरेलले भगवान् गौतमबुद्ध जन्मिएको लुम्बिनी र भगवान् पशुपतिनाथ, मुक्तिनाथ लगायत क्षेत्रको विश्वभर प्रचारप्रसार र प्रवर्द्धन गर्न सके लाखौँ धार्मिक पर्यटक नेपाल भित्रिने सम्भावना आफूले गरेको अध्ययनबाट देखिएको बताए ।

‘साउदी अरबको जनसंख्या जम्मा २ करोड ५० लाख जति छ, हरेक वर्ष विश्वभरिका करोडौँ मुस्लिमहरू त्यहाँ पुग्छन्, इजरायलका ९० लाखको हाराहारीमा जनसंख्या छ, हरेक वर्ष ५ करोडभन्दा बढी क्रिश्चियनहरू त्यहाँ पुग्छन्,’ पण्डित पोखरेलले भने, ‘हामीले बुद्ध धर्म मान्नेहरूका लागि बुद्ध जन्मभूमि लुम्बिनी र हिन्दुका लागि भगवान् पशुपतिनाथको बारेमा प्रचारप्रसार गर्ने हो भने लाखौँ भक्तजन नेपाल आउँछन् ।’

उनले योग र ध्यानको केन्द्र, अध्यात्मको उद्गम थलो, ऋषि मुनिहरूले ध्यान तपस्या गरेको ठाउँ नेपाल मात्रै भएको बताए ।

विश्वलाई नै योग र ध्यानका माध्यमबाट आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने भन्दै पण्डित पोखरेलले देशका प्रधानमन्त्रीदेखि सबैलाई भेटेर नेपालको धार्मिक पर्यटनका बारेमा आफूले जानकारी गराएको सुनाए ।

आध्यात्मिक र भौतिक ज्ञान बाँडेर समाजलाई सही दिशातर्फ लैजानुपर्ने उनको भनाइ छ ।

नेपालमा पछिल्लो समयमा वृद्धाश्रमहरू खोल्ने क्रम बढेको स्मरण गर्दै पण्डित पोखरेलले वृद्धाश्रम बनाउने उद्देश्यले गरिने कुनै पनि कार्यक्रममा वाचक भएर आफू नजाने घोषणा नै गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस