६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अघि बढ्यो चिसापानी-मंगलसेन सडक खण्ड स्तरोन्नतिको प्रक्रिया

अ+ अ-

काठमाडौँ । चिसापानी-मंगलसेन सडकखण्डको १६ किमि सडक स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका ३ र मोहन्याल गाउँपालिका-७ मा पर्ने उक्त सडक खण्डमा पर्ने राष्ट्रिय बनको जग्गा प्रयोग र जग्गामा रहेका रुख हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभाग र सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा) बीच सम्झौता गरिएको हो ।

राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रुख गोल हटाउन मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जानकारी दिएको छ ।

वन ऐन २०७६, वन नियमावली, २०७९ मा रही दुवै पक्षबीच सम्झौता गरिएको हो । सम्झौतामा वन क्षेत्रमा रहेका रुख/पोलहरू हटाउन दुवै पक्ष सहमति भएका छ ।

वन ऐन, २०७६ दफा ४२ को उपदफा (१) बमोजिम राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रुख गोल हटाउन स्वीकृति दिने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

वन ऐन, २०७६ दफा ४२ को उपदफा (१) बमोजिम राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र त्यो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रूख काट्न स्वीकृति दिने भनी नेपाल सरकार मन्त्रिपरिषद् बैठकले २०८० पुस २४ मा निर्णय गरेको थियो ।

त्यसपछि वन तथा भू-संरक्षण विभाग, वन संरक्षण शाखाले डिभिजन वन कार्यालय, पहलमानपुर, कैलालीलाई सम्झौता पत्र पत्राचार गर्दै वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सिंहदरबार र सडक विभाग (भू-वातावरण तथा समाजिक शाखा) बबरमहललाई समेत बोधार्थ दिइसकेको छ।

योभन्दा पहिले संघीय सरकारले ७.२ किलोमिटर ठेक्का सदर गरे पनि रूख कटानको आदेश नभएकाले सडक स्तरोन्नतिको कार्य अघि बढ्न सकेको थिएन ।

चालू आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले सडक खण्ड स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिकामा वडा नं ७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि २१ करोड ७३ लाख, साघुरे खोलामा मोटरपुल निर्माणका लागि १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजित गरेको मुख्यमन्त्री कमल बहादुर शाहले बताए । गौरवको आयोजना अन्तरगत यो सडक खण्ड निर्माणमा क्रमागत रूपमा बजेट आउने छ ।

प्रतिक्रिया दिनुहोस