१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

अ+ अ-

काठमाडौँ । नेपाल र भारतबीच लम्की-बरेली र इनरुवा-पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। 

दुई देशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ४०० केभी क्षमताका यी अन्तरदेशीय प्रसारण लाइन निर्माणका मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। 

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको छ। 

भारतीय मन्त्री खट्टर ऊर्जा मन्त्री खड्काको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा छन्। सम्झौताअनुसार इनरुवा–न्यु पूर्णिया र दोदोधारा (लम्की)–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिनेछ, जसमा सम्बन्धित देशको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ भने बाँकी ४९ प्रतिशत अर्को देशको हुनेछ। नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र भारतका पावर ग्रिड लिमिटेडका निर्देशक डा. यतिन्द्र दुवेदीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा मन्तव्य दिँदै ऊर्जा मन्त्री दीपक खड्काले नेपाल-भारत ऊर्जा सहकार्यलाई ’साझा समृद्धिको प्रतीक’को रूपमा व्याख्या गर्दै इनरुवा-न्यु पूर्णिया र दोदोधारा-बरेली प्रसारण लाइनलाई केवल संरचना नभई आपसी विश्वास र दिगो विकासतर्फको साझा यात्रा भएको उल्लेख गरे। मन्त्री खड्काले अरुण-३, लोअर अरुण, अरुण-४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६, र वेस्ट सेतीजस्ता ठूला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। २०२४ नोभेम्बर १५ मा सुरु भएको नेपाल बंगलादेश विद्युत् व्यापारका लागि भारतको सहयोगको पनि प्रशंसा गरे।

भारतीय मन्त्री मनोहरलाल खट्टरले ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको द्योतक भएको उल्लेख गरे। उनले सन् २०२२ मा नेपाल–भारतबीच जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै तीन प्रमुख आधार(संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भएकोमा सन्तोष व्यक्त गरे। उनले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। साथै, खट्टरले नेपाली विद्युत् भारत हुँदै बंगलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको बताए।

इनरुवा-न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ भने दोधोहरा-बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने बताइएको छ। यी प्रसारण संरचनाले भारत–नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउनेछ। संयुक्त कम्पनीमार्फत अगाडि बढाइने परियोजनाहरूले दुई देशबीचको परस्पर ऊर्जा निर्भरता सुदृढ पार्ने मात्र होइन, समग्र क्षेत्रीय ऊर्जा व्यापारको गतिशीलता पनि बढाउने विश्वास गरिएको छ।

यसअघि, भारतीय मन्त्री खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्। दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए। सो अवसरमा आयोजना अन्तर्गतको ’युनिट–२’को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षारोपण पनि गरेका थिए।

ऊर्जा मन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए। “सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन, समयमै सम्पन्न गर्न लाग्नुहोस्,” उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए।

भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुवै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए। ‘अरुण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,’ उनले भने।

अरुण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ। आयोजनाको शिलान्यास २०७५ साल वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए। करिब १ खर्ब ४ अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाइड्रोपावरले निर्माण गरिरहेको हो। निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

भोली बुधवार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्नेछन्। भ्रमणपश्चात् उनी बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस