१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखलढुंगामा चट्याङले ६ वर्षको अवधिमा १२ जनाको मृत्यु, २४ घाइते

अ+ अ-

ओखलढुङ्गा । ओखलढुंगामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको तथ्यांक छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । १० जनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीनजना मानिस घाइते भएका छन् । यस अवधिमा १० वटा चौपायाको मृत्यु भएको छ । विभिन्न विद्युतीय उपकरणमा समेत क्षति भएको छ । गत आव २०८०/८१ मा ६ स्थानमा चट्याङ पर्दा दुईजनाको मृत्यु र सातजना घाइते भएका थिए ।

यस्तै तीन घर प्रभावित भएका थिए भने पाँचवटा चौपायाको मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्यांकमा उल्लेख छ । अन्य विपद्मा जस्तो चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले त्यति ध्यान दिएको देखिँदैन ।

चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि ‘अर्थिङ’ गर्नेलगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन । जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस