१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालय पाल्पा: सेवा प्रवाह छिटोछरिता हुँदा राजस्व संकलनमा वृद्धि

अ+ अ-

पाल्पा । जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु. १७ करोड बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु. १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व संकलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु. दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट रु. १४ करोड ४८ लाख ६२ हजार ७४० संकलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व संकलनमा वृद्धि भएको छ । प्रमुख घिमिरेले भने, “चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवा प्रवाहमा छिटोछरितो भएकाले चालु आव राजस्व संकलनमा वृद्धि भएको हो ।”

कार्यालयले गत आवको सोही अवधिमा रु. १४ करोड ७४ लाख राजस्व संकलन गरेको थियो । उसले गत आव २०८०/८१ को असार मसान्तसम्म रु. १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व संकलन गर्‍यो । जुन अहिले नौ महिनामै उक्त राजस्वको नजिक पुगेको छ । चालु आव सकिन अझ तीन महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ । जहाँ अघिल्लो पूरै आवमा चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु. दुई करोड ४५ लाख २८ हजार मात्र संकलन भएको थियो ।  

त्यसै गरी, अघिल्लो पूरै आवमा सवारीसाधनबाट रु. १५ करोड ४७ लाख ४३ हजार ७३५ राजस्व  संकलन भएको थियो । जुन चालु आवको चैत मसान्तसम्ममै उक्त संकलनको नजिक पुगेको छ । यस्तै चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १८ लाख ४६ हजार ७०० र आयकरतर्फ ४५ लाख ६८ हजार ६२५ राजस्व संकलन भएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । अघिल्लो आवको पूरै महिना कार्यालयले आयकरतर्फ रु. ५६ लाख ५८ हजार ६६० संकलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार चालु आवको नौ महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब रु. चार करोडभन्दा कम राजस्व संकलन भएको थियो ।

हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपरमिट, सवारी जाँच पास शीर्षकमा आयकर सङ्कलन गर्ने गरेको छ । कार्यालयले चालु आवको चैत समान्तसम्ममा चालक अनुमति पत्रतर्फ दुई हजार ३२५ वटा नयाँ लाइसेन्स, पाँच सय ३१ वटा थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ वटा लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखितबाट राजस्व संकलन गरेको छ । सवारीतर्फ २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० पटके, नौ सय चार जाँच पास र नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस