१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरद्वारा कर्मचारीका लागि दुई दिने क्षमता विकास र पुनर्ताजकीकरण कार्यक्रम सम्पन्न

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाको स्थानीय राजस्व परामर्श समितिले राजस्वसम्बन्धी काम गर्ने कर्मचारीहरूलाई लक्षित गर्दै दुई दिने क्षमता विकास तथा पुनर्ताजकीकरण कार्यक्रम सम्पन्न गरेको छ।

महानगरका उपप्रमुख एवम् स्थानीय राजस्व परामर्श समितिकी संयोजक मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा समितिका सदस्य तथा वडा नं. २४ का वडाध्यक्ष दिनेश जङ्ग पाण्डे, सदस्य बबिता श्रेष्ठ, राजस्व महाशाखा प्रमुख सहजित राई लगायतले आ-आफ्ना प्रस्तुति दिएका थिए।

कार्यक्रममा राजस्व महाशाखाका कर्मचारी, वडा सचिव, सामाजिक परिचालक तथा वडा स्तरमा कर तथा राजस्व सम्बन्धी कार्यमा संलग्न कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दिन राजस्व विज्ञ दामोदर गिरीले कर प्रणालीका विविध पक्षमा प्राविधिक प्रस्तुति दिएका थिए। उक्त दिनको अध्यक्षता स्थानीय राजस्व परामर्श समितिकी सदस्य बबिता श्रेष्ठले गर्दै, महानगरले लिएको राजस्व लक्ष्य हासिल गर्न अपनाउनु पर्ने रणनीतिबारे प्रकाश पारेकी थिइन्।

दोस्रो दिन महानगरको राजस्व प्रशासन महाशाखाका निर्देशक सहजित राईले हालसम्म महाशाखाले गरेको कार्य प्रगति र अनुभवबारे प्रस्तुत गरेका थिए। उनले करदाताहरूलाई एसएमएसमार्फत कर तिर्न आग्रह गरिएको र सो माध्यमबाट सकारात्मक नतिजा प्राप्त भइरहेको जानकारी गराए।

महानगरले त्रिभुवन विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरूसँगको सहकार्यमा करको दर र दायराका विषयमा अध्ययन गरिरहेको छ। उक्त अध्ययन अन्तर्गत कर दर र दायरा समसामयिक सन्दर्भमा उपयुक्त छ वा छैन भन्नेबारे समेत मूल्यांकन भइरहेको छ। त्रिविका प्राध्यापकहरूद्वारा कार्यक्रममै यस विषयमा प्रस्तुति दिइएको थियो।

अनुसन्धान टोलीले ललितपुर महानगरपालिकाको कर दर तथा दायरालाई अन्य निकायहरूसँग तुलनात्मक अध्ययन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका, महालक्ष्मी नगरपालिका र भरतपुर महानगरपालिकाको कर प्रणालीको सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिइएको छ।

कार्यक्रमकी प्रमुख अतिथि तथा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई समृद्ध महानगर बनाउने प्रक्रियामा राजस्वको योगदान महत्त्वपूर्ण हुने बताउँदै, “कर तिरेरै नागरिकले विकास निर्माणदेखि सामाजिक उत्तरदायित्व पूरा हुने व्यवस्था गरिएको हो,” उनले भनिन्।

हाल विश्वव्यापी आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिनु स्वभाविक भएको उल्लेख गर्दै उपप्रमुख बज्राचार्यले लक्ष्य अनुसारको राजस्व संकलनका लागि अझ मेहनत गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा वडाध्यक्ष दिनेश जङ्ग पाण्डेले करदाताहरूबाट समयमै कर संकलन सुनिश्चित गर्न छुटको अवधि बढाइएको उल्लेख गर्दै कर प्रणालीमा नीतिगत सुधार आवश्यक रहेको धारणा राखे।

साथै, कार्यक्रममा सहभागी वडा सचिव, सामाजिक परिचालक तथा कर सम्बन्धी कर्मचारीलाई करदातालाई तिर्नुपर्ने कर दायित्वबारे समयमै जानकारी गराउने अभ्यासलाई प्राथमिकता दिन आग्रह गरिएको थियो।

“आय, व्यवसाय र पेसाअनुसार फरक फरक कर तिर्नुपर्ने कुरालाई स्पष्ट रूपमा बुझाउनुपर्छ,” भन्ने सन्देश कार्यक्रमले दिएको छ। कर, शुल्क, दस्तुर र राजस्वका विषयमा करदातालाई अन्योल नहोस् भन्ने उद्देश्यले छुटसहितका सुविधा सजिलै उपलब्ध हुने वातावरण बनाउनुपर्नेमा पनि कार्यक्रममार्फत अवगत गराइएको हो।

यस्तै, कार्यक्रमका विभिन्न सत्रहरूमा कर सिद्धान्त, सरकार र व्यवसायीबीचको दायित्व, स्थानीय सरकारलाई बुझाउनु पर्ने विज्ञापन कर, मनोरञ्जन कर, घर बहाल कर, सम्पत्ति कर, व्यवसाय करका विषयमा पनि विस्तृत प्रस्तुति र छलफल भएको थियो।

कार्यक्रमले ललितपुर महानगरमा कर प्रणालीको सुधार, कर्मचारीको दक्षता अभिवृद्धि र करदाताको अधिकार-दायित्वबारे जनचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस