१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

स्थापना: वि.सं. २०३७

पदाधिकारी

राज कुमार गुप्ता

माननीय मन्त्री

रविलाल पन्थ

सचिव

काली प्रसाद पराजुली

सह-सचिव (प्रवक्ता)

भुपेन्द्र सापकोटा

उप-सचिव

परिचय

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय विकास तथा सेवा प्रवाहको लागि नेतृत्वदायी भूमिकामा रहेर सो को व्यवस्थित सञ्चालन गर्नका लागि उत्तरदायी मन्त्रालय हो । यस मन्त्रालयले नेपालको समग्र विकासका विभिन्न साझेदारहरूको सहयोगमा सञ्चालित परियोजना, कार्यक्रमको समन्वय, सहयोग, सहजीकरण र सहकार्यको क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

दुरदृष्टि र लक्ष्य

  • स्थानीय सुशासनको संस्थागत विकास गर्ने,
  • स्थानीय सेवा प्रवाहमा सुधार गर्ने,
  • दिगो र गुणस्तरीय आर्थिक सामाजिक तथा स्थानीय पूर्वाधार विकास गर्ने

सेवाहरू

आन्तरिक व्यवस्थापन महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :

  •  मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति व्यवस्थापनआर्थिक प्रशासन र आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्नेगराउने,
  • मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत सम्भार सम्बन्धी कार्य गर्नेगराउने,
  • भौतिक सम्पत्तिको सुरक्षामर्मत सम्भार आदि गर्नेगराउने,
  • सार्वजनिक खरिद ऐन,नियमावली बमोजिम सरकारी खरिद सम्बन्धी कार्य गर्नेखरिद भएको जिन्सी सामानको दाखिलानिरीक्षण र खर्च सम्बन्धी कार्य गर्नेगराउने,
  • लिलाम विक्री सम्बन्धी कार्य गर्नेगराउने,
  • मन्त्रालय र अन्तरगतका निकायहरूको बेरुजु फछर्यौट गर्नेगराउने,
  • मन्त्रालय र अन्तरगतका निकायहरुमा रहेका कर्मचारीहरुको जनशक्ति विकास र तालिम सम्बन्धी कार्यहरु गर्नेगराउने,
  • मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादित कार्यका विषयमा प्राप्त उजुरीगुनासा आदिको जाँचबुझ तथा छानविन सम्बन्धी कार्य गर्नेगराउने,
  • कर्मचारीहरुको गुनासो सम्बोधन सम्बन्धी कार्य गर्नेगराउने,
  • मन्त्रालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्नेगराउने,
  • मन्त्रालयका कर्मचारीहरुको विभागीय कारवाही तथा पूरस्कार लगायतका कार्यहरु गर्ने गराउने,
  • मन्त्रालयसंग सम्बन्धित कर्मचारीहरुको अध्ययनअसाधारण लगायतका बिदाहरु सम्बन्धी कार्य गर्नेगराउने,
  • मन्त्रालयको सांगठनिक एवं प्रशासनिक प्रक्रियाको व्यवस्थापन सम्बन्धमा आवश्यक Standard Operating Procedure (SOP) बनाउने,
  • सूचनाअभिलेख तथा विद्युत्तीय शासन सम्बन्धी नीतिकानूनयोजनाकार्यक्रम तथा समन्वय सम्बन्धी कार्य,
  • सूचना संकलनसंग्रहअभिलेख र प्रकाशन सम्बन्धी कार्य,
  • मन्त्रालय तथा स्थानीय तहमा आधुनिक सूचना प्रविधिको विकास र उपयोग सम्बन्धी कार्य,
  • मन्त्रालय र अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुको स्वदेश र वैदेशिक भ्रमणको सिफारिस, मनोनयन तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
  • अन्य शाखा तथा महाशाखाको कार्य विवरणमा अस्पष्टता भएमा स्पष्ट पार्ने कार्य,

यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

सङ्घीय मामिला महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ | 

  • सङ्घीयता कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  • सङ्घीय शासन व्यवस्था सम्बन्धी अध्ययन, अनुसन्धान तथा असल अभ्यासहरुको आदान प्रदान सम्बन्धी कार्य,
  • संघ र स्थानीय तथा प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वय सम्बन्धी कार्य,
  • गाउँपालिका तथा नगरपालिकाको संख्या, सीमाना, वडा र केन्द्र निर्धारण तथा हेरफेर र नामाकरण सम्बन्धी नीति, मापदण्ड, कार्यान्वयन र सहजिकरण सम्बन्धी कार्य,
  • विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या, सीमाना र संरचना सम्बन्धी नीति, कानून तथा मापदण्ड सम्बन्धी कार्य,
  • पञ्जिकरण र व्यक्तिगत घटना दर्ता सम्बन्धी नीति, कानून, योजना तथा कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धी कार्य,
  • स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी नीति र मापदण्ड निर्धारण सम्बन्धी कार्य,
  • संविधान तथा सङ्घीय कानून बमोजिम स्थानीय तहलाई आवश्यक निर्देशन दिने सम्बन्धी कार्य,
  •  प्रदेश र स्थानीय तहबीचको विवाद एवम् समस्या समाधानमा समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  •  प्रदेश, स्थानीय तह र विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्बन्धी कार्य,
  •  प्रदेश र स्थानीय तह सम्बन्धी सङ्घीय कानून तथा स्थानीय तहको नमूना कानून, मापदण्ड र ढाँचा उपलव्ध गराउने सम्बन्धी कार्य,
  •  स्थानीय तहको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य,
  •  स्थानीय स्तरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसंग सम्बन्धित नीति, कानून, योजना तथा कार्यक्रम समन्वय सम्बन्धी कार्य,
  • सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी नीति, कानून, योजना तथा कार्यक्रममा समन्वय र अभिलेखिकरण सम्बन्धी कार्य,
  •  स्थानीय तहमा सामाजिक परिचालन समन्वय सम्बन्धी कार्य,
  •  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सम्बन्धित केन्द्रीय परियोजना सल्लाहकार समिति (CPAC) सम्बन्धी कार्य ।
  • राष्ट्रिय तथा स्थानीय गैर सरकारी संस्थासँग सम्बन्धित नीतिगत समन्वय सम्बन्धी कार्य,
  • सङ्घीयता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुको संकलन र प्रचारप्रसार सम्बन्धी कार्य ।
  •  सङ्घीय मामिला अध्ययन स्रोत केन्द्र सञ्‍चालन तथा व्यवस्थापन सम्बन्धी कार्य ।
  • देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
    • निर्वाचन आयोग
    • राष्ट्रिय दलित आयोग,
    • राष्ट्रिय समावेशी आयोग,
    • आदिवासी जनजाती आयोग,
    • राष्ट्रिय महिला आयोग
    • मधेशी आयोग,
    • थारु आयोग
    • मुस्लिम आयोग
    • केन्द्रीय पंजीकरण विभाग
    • समाज कल्याण परिषद्
    • आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान
  • तोकिए बमोजिमका अन्य कार्यहरू ।

कर्मचारी प्रशासन महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :

  • नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह जनरल उपसमूह, विविध सेवा तथा यी अन्तर्गतका समूह तथा उपसमूहहरुको संचालन,
  • संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य,
  • निजामती सेवाका सबै पद तथा पदाधिकारीहरुको लागि कार्य विवरण तयारी तथा अद्यावधिक,
  • संघीय निजामती कर्मचारीहरुको अन्तर मन्त्रालय सरुवा,
  • संघीय निजामती कर्मचारीहरुको पुरस्कार र दण्ड सम्वन्धी कार्य,
  • कानूनी राय/परामर्श, आदेश तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य,
  • बढुवा समितिको सचिवालय सम्वन्धी कार्य,
  • संघीय निजामती कर्मचारी प्रशासनको केन्द्रीय कर्मचारी निकाय सम्बन्धी कार्य,
  • प्रशासकीय अभिलेख र तथ्यांक सम्बन्धी कार्य,
  • आर्थिक प्रशासन तथा वेरुजु सम्बन्धी कार्य,
  • आन्तरिक तथा जिन्सी व्यवस्थापन सम्बन्धी कार्य,
  • नेपाल सरकारका अस्थायी र आवधिक प्रकृतिका आयोजनाहरुको अस्थायी दरवन्दी स्वीकृती सम्बन्धी कार्य,
  • देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
    • प्रशासकीय अदालत
    • निजामती कितावखाना
  • अन्य महाशाखामा उल्लेख नभएका तथा तोकिए बमोजिमका अन्य कार्य ।

योजना तथा विकास सहायता समन्वय महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ ।

  • स्थानीय पूर्वाधार विकास सम्बन्धी नीति, कानून, मापदण्ड, प्रविधि विकास र अनुसन्धान सम्बन्धी कार्य,
  • फोहरमैला व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, समन्वय र सहजिकरण सम्बन्धी कार्य,
  • स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको वैदेशिक भ्रमण सम्बन्धी नीति, कानून र मापदण्ड निर्धारण र समन्वय सम्बन्धी कार्य,
  • मन्त्रालयसँग सम्बन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय सम्बन्धी कार्य,
  • योजना तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी नीति, कानून, योजना तथा कार्यक्रम निर्माण तथा समन्वय,
  • संघीय मामिला सम्बन्धी अन्तर्राष्ट्रिय संघ, संस्था र सञ्जालसँगको समन्वय सम्बन्धी कार्य,
  • मन्त्रालय एवं अन्तर्गत निकायको लागि आवधिक तथा रणनैतिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक बजेट र कार्यक्रम सम्बन्धी कार्य,
  • स्थानीय तहको आवधिक, बार्षिक, रणनैतिक तथा अन्य विकास योजना सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
  • संघ, प्रदेश र स्थानीय तहबीचको योजना प्रणालीबीच समन्वय र तादाम्यता सम्बन्धी कार्य,
  • नेपाल सरकारबाट स्थानीय तहलाई प्रदान गरिने अनुदान सम्बन्धमा समन्वय सम्बन्धी कार्य,
  • अन्तर सरकारी वित्तिय सम्बन्ध सुदृढीकरणमा समन्वय तथा स्थानीय सरकारको वित्तिय ढाँचा निर्माणको नमुना विकास सम्बन्धी कार्य,
  • अन्तर-स्थानीय तह विकास योजना, परियोजना र कार्यक्रमको समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  • स्थानीय तहको योजना प्रणालीमा विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्बन्धी कार्य,
  • विकास सहायता नीति अन्तर्गत स्थानीय तहमा अन्तर्राष्ट्रिय सहयोग परिचालनमा समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  • स्थानीय तहको अन्य मुलुकका स्थानीय तहसँगको भगिनी सम्बन्ध विस्तार सम्बन्धी कार्य,
  • विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र र पिछडिएको क्षेत्रको विकास व्यवस्थापन सम्बन्धी कार्य,
  • स्थानीय तहको वस्तुगत विवरण, योजनागत तथ्यांक, प्रगति समीक्षा र प्रतिवेदन सम्बन्धी कार्यको अभिलेखिकरण र समन्वय सम्बन्धी कार्य,
  • अनुगमन तथा मूल्याङ्कन सम्बन्धी नीति, कानून, मापदण्ड र कार्यक्रम तर्जुमा एवम् कार्यान्वयनमा समन्वय सम्बन्धी कार्य,
  • अनुगमन तथा मूल्याङ्कनका सूचकहरूको आधारमा कार्यक्रम र आयोजनाको नियमित अनुगमन एवं मूल्याङ्कन सम्बन्धी कार्य,
  • आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालयस्तरीय समस्या समाधान समिति सम्बन्धी कार्य,
  • स्थानीय स्तरमा वातावरण व्यवस्थापन र दिगो विकास सम्बन्धी नीति, कानून, कार्यक्रम तथा प्रारम्भिक  वातावरणीय प्रभाव मूल्यांकनमा समन्वय सम्बन्धी कार्य,
  • भूउपयोग र वस्ती विकास योजना कार्यान्वयनमा समन्वय सम्बन्धी कार्य,
  • स्थानीय तहमा विपद् व्यवस्थापन तथा जलवायु अनुकुलन सम्बन्धी नीति तथा कार्यक्रमको सहजीकरण, समन्वय तथा अनुगमन र मूल्यांकन सम्बन्धी कार्य,
  • स्थानीय तहमा विपद् पूर्व सूचना केन्द्र स्थापनामा सहयोग र अन्तरनिकाय समन्वय सम्बन्धी कार्य,
  • वारुणयन्त्र तथा अग्नि नियन्त्रण सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
  • स्थानीय तहमा भवनसंहिता तथा भवनसम्बन्धी मापदण्ड कार्यान्वयनमा समन्वय सम्बन्धी कार्य,
  •  देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
    • राष्ट्रिय योजना आयोग,
    • स्थानीय पूर्वाधार व्यवस्थापन विभाग
    • सडक वोर्ड नेपाल
    • लगानी वोर्ड नेपाल
    • नगर विकास कोष
  • तोकिए बमोजिमका अन्य कार्यहरू ।

क्षमता विकास महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ ः

  • सार्वजनिक पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्बन्धी नीति, मापदण्ड, योजना, कार्यक्रम, पाठ्यक्रम तर्जुमा, कार्यान्वयन र समन्वय सम्बन्धी कार्य,
  • स्थानीय तहको संस्थागत सृदृढीकरण तथा सशक्तिकरण सम्बन्धी कार्य,
  • स्थानीय तहको जनशक्ति विकास नीति, योजना तथा कार्यान्वयन सम्बन्धी कार्य,
  • विकासका बहुआयामिक र अन्तरसम्बन्धित विषयहरुको कार्यान्वयनमा क्षमता विकास सम्बन्धी कार्य,
  • स्थानीय तहको न्यायिक समितिको क्षमता विकास सम्बन्धी कार्य,
  • स्थानीय तहको क्षमता विकास सम्बन्धी कार्यमा विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्बन्धी कार्य,
  • स्थानीय तहको क्षमता विकास सम्बन्धमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसंगको समन्वय र सहकार्य सम्बन्धी कार्य,
  • सूचना, अभिलेख तथा विद्युत्तीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा समन्वय सम्बन्धी कार्य,
  • सूचना संकलन, संग्रह, अभिलेख र प्रकाशन सम्बन्धी कार्य,
  • मन्त्रालय तथा स्थानीय तहमा आधुनिक सूचना प्रविधिको विकास र उपयोग सम्बन्धी कार्य,
  • सुशासन प्रवर्द्दन तथा उजुरी व्यवस्थापन सम्बन्धी कार्य,
  • स्थानीय आर्थिक विकासमा सहयोग तथा सहजीकरण सम्बन्धी कार्य,
  • स्थानीय स्रोत परिचालन सम्बन्धी नीतिगत अध्ययन अनुसन्धान तथा विश्लेषण सम्बन्धी कार्य,
  • स्थानीय तहका राजश्व परिचालन क्षमतामा लेखाजोखा र सुधार सम्बन्धी कार्य,
  • संघीय प्रणाली सम्बन्धी श्रोत केन्द्र स्थापना र सञ्चालन सम्बन्धी कार्य,
  • देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
    • संघीय संसद
    • अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
    • राष्ट्रिय मानवअधिकार आयोग,
    • राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग,
    • राष्ट्रिय सूचना आयोग,
    • राष्ट्रिय सतर्कता केन्द्र
    • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
    • प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
  • तोकिए बमोजिमका अन्य कार्य ।

प्रशासन सुधार तथा जनशक्ति विकास महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :

  • राष्ट्रिय निजामती सेवा नीति सम्बन्धी कार्य,
  • संघीय निजामती तथा अन्य संघीय सरकारी सेवाका निवृत्तिभरण लगायत अवकाशजन्य सुविधासम्बन्धी नीति, कानून र मापदण्ड र व्यवस्थापन सम्बन्धी कार्य,
  • सार्वजनिक सेवा प्रवाह सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य,
  • प्रशासनिक सुधार सम्बन्धी नीति, योजना, समायोजन र समन्वय सम्बन्धी कार्य,
  • कर्मचारी कल्याण सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य,
  • व्यवस्थापन परीक्षण सम्बन्धी नीति, योजना तथा कार्यक्रम संचालन र समन्वय,
  • प्रशासन सुधार सम्बन्धी अध्ययन, अनुसन्धान तथा नीति तर्जुमा र कार्यान्वयन
  • संघीय निजामती तथा अन्य सरकारी सेवाको तालिमसम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धमा अध्ययन, अनुसन्धान र विकास सम्बन्धी कार्य,
  • स्वदेशी तथा विदेशी अध्ययन, अवलोकन भ्रमण तथा तालीम सम्बन्धी कार्य,
  • नेपाल सरकारको नीति र कार्यक्रमको सफल कार्यान्वयनका लागि आवश्कता अनुसार प्रशासकीय व्यवस्थापन र कार्यविधिमा पुनरावलोकन,
  • संघीय निजामती कर्मचारीको सेवा, सुविधा तथा प्रोत्साहन सम्बन्धी कार्य,
  • राष्ट्रसेवक कर्मचारी संवद्ध संघ संस्था सम्बन्धी कार्य गर्ने
  • देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
    • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
    • निजामती अस्पताल
    • कर्मचारी तालिम प्रतिष्ठान