काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र माधवकुमार समूहबीच सहमति भएको छ । मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल समूह पछि हटेपछि सहमति भएको हो ।
मङ्गलवार मुख्यमन्त्री शाही र नेपाल समूहबीच छलफल भएको थियो । छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ । सहमतिअनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पनि पाउने भएको छ ।
मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।







