सूचना अधिकारी
नेपाली सेना नेपालको राष्ट्रिय सेना हो।
वि .सिं. १८१९ मा राजा पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको क्रमसगँगै ५ वटा कम्पनीहरू खडा गरी आधुनिक नेपाली सेनाको गठन प्रक्रिया सुरु भएको थियो । विभिन्न ऐतिहासिक कालखण्डहरूमा नेपाली सेनाले नेपाल र नेपालीको अस्तित्व पहिचान, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षाको लागि नेपाल-अंग्रेज युद्ध, नेपाल-भोट युद्ध, पहिलो र दोस्रो विश्व युद्ध समेत लडेको ऐतिहासिक तथ्य छ। नेपालको एकीकरण अभियान र त्यसपछि विभिन्न कालखण्डहरूमा भएको संरचनात्मक परिवर्तन भै सबै क्षेत्रमा तैनाथ रहेको छ. हालका दिनहरूमा नेपाली सेना मूलतः बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, विपद व्यवस्थापन, विकास निर्माण, प्रकृति संरक्षण, मुलुकको महत्वपूर्ण सम्राचना तथा अति विशिष्ट व्यक्तिहरूको सुरक्षा एवं संयुक्त राष्ट्रसंघको आह्वानअनुसार विभिन्न देशमा शान्ति स्थापना जस्ता कार्यहरूमा संलग्न रहदै आएको छ।