काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सीलमा दोस्रो कार्यकालका लागि १५० मत सहित छनौट भएको छ।
मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्वीटरमा नेपाल निर्वाचित भएको सार्वजनिक गरेका छन् । नेपालले १५० भोट पाएको छ । नेपाल अहिले पनि मानवअधिकार परिषद्को सदस्य छ ।
एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।







