कैलाली। कैलालीमा गस्तीमा खटिएका एक असई मृत फेला परेका छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परेको जनाइएको छ ।
उनीसँगै गस्तीमा रहेका हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाको विस्तृत विवरण आइ नसकेको प्रहरीले जानकारी दिएको छ ।







