ब्रसेल्स । अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै तीन बच्चाको हत्या गरेकी छन् । बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाको हत्या गरेको समाचारमा बताइएको छ ।
ती महिलाका तीन बच्चा मध्ये नौ वर्ष, तीन वर्ष र सबै भन्दा सानो ८ महिनाका थिए । ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन्।
प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवितै रहेको र तत्कालै अस्पतालमा लगिएपछि उनको अस्पतालमै मृत्यु भएको जनाएको छ।
नेपाल पत्रकार महासंघ युरोपका अनुसार बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए।
घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ।







