काठमाडौँ । ललितपुरमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बा१२च४२२८ नम्बरको बोलेरो गाडीको ठक्करबाट ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
यस्तै ७० वर्षीय भाइलाल महर्जन घाइते भएको छन् ।
उक्त भ्यानले बिहान ५ बजे ठक्कर दिएर फरार भएको भियो । भ्यान अहिले प्रहरी नियन्त्रणमा रहेको छ भने । फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।







