२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्‍त्री निवासमा दसैंको टीका नहुने

अ+ अ-

काठमाडौँ । यस वर्ष प्रधानमन्त्री निवासमा दसैंको टीका नहुने भएको छ । विगतका वर्षमा नेता कार्यकर्ता, शुभेच्छुक र इच्छुक आम नागरिक प्रधानमन्त्री निवास पुगेर दसैंको टीका ग्रहण गरेर फर्किने गरेका थिए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएका हुन् ।

शुक्रबार देसवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो वर्ष निवासमा दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

‘यसपालिको वडा दसैं हामी जो जहाँ छौँ त्यही बसेर सबैले मनाऔँ’, प्रधानमन्त्री ओलीले भने, ‘संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखेर प्रधानमन्त्री निवासमा सार्वजनिक टीका कार्यक्रम नराख्न निर्देशन दिइसकेको छु ।’

ओलीले वडादसैंको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका छन्। ओलीले संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बिरामीको स्वास्थ्यलाभको कामना गरेका छन् ।