कैलाली । आफैले चलाएको ट्याक्टरले च्यापेर दार्चुलामा दाङका ३२ वर्षीय चालकको मृत्यु भएको छ ।
अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा ट्याक्टरमा च्यापिएर बुधबार राति दाङ स्थायी घर भएका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मकरीगाड हाइड्रो पावरका लागि लटिनाथानबाट सिमेन्ट लैजाने क्रममा ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन् ।







