२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै आमालाई बोक्सीको आरोपमा कुटिकुटी हत्या, छोरो पक्राउ

अ+ अ-

काठमाडौँ । आफैलाई जन्माउने आमालाई कुटी कुटी हत्या गर्ने छोरो कस्तो होला ? सोच्दा पनि धिक्कार लाग्छ । कुन स्वरूप लिएर जन्म लिएको रहेछ छोरोले ? छोरोलाई जन्माउन अनि हुर्काउन कति दु:ख कष्ट सहेकी होलिन् ती आमाले ? त्यति पनि दया नभएको कस्तो छोरो जन्मेको रहेछ भनेर जो कोहीले पनि भन्न सक्लान् । आफू भोकै बसेर सन्तानको लागि भनेर हजारौँ दुःख कष्ट झेल्दै हुर्काएको सन्तानबाटै तड्पाइ तड्पाइ मर्नु पर्ने कस्तो विडम्बना !

यस्तै घटना घटेको छ सिरहाको कर्जनहा नगरपालिकामा । सिरहाको कर्जन्हा नगरपालिका–३ मा ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा राम अवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको छ ।

केही दिन अगाडि रामअवतारकी बुहारीको खुट्टामा भएको घाउ लामो समयसम्म निको नभएपछि राम अवतारले आफ्नै आमालाई बोक्सीको आरोप लगाइ कुटपिट गरे । निर्घात कुटपिट गरेपश्चात दिसा खुवाउने प्रयास गरिरहेकै बेला प्रहरीको टोली पुगेर बचाएको थियो ।

त्यसपछि रामअवतारलाई प्रहरीले पक्राउ गरेको थियो । रामअवतारले अपराध गरेको पछि स्वीकारेका छन् । उनमाथि अव ज्यान सम्बन्धी मुद्दा चल्ने भएको छ ।

९० वर्षीया सुदामाका दुई छोराहरु थिए । दुई ओटै छोरा अलग्गै बस्दै आएका थिए । आमा पनि उनीहरूबाट अलग्गै बस्दै आएकी थिइन् ।

सुदामाका कान्छो छोराले वृद्ध आमालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेपछि उनी घाइते बनेकी थिइन् । घाइते सुदामालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो ।

अस्पतालका डाक्टरहरूले सुदामाको घाँटीको हड्डी बाङ्गिएको र उपचार हुन नसक्ने भन्दै घर पठाइदिएको थियो । शनिवार उनलाई पुनः जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।