काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको हो ।
सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका २७ सदस्यले १६ बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।
ती असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक राखेका हुन्।
देउवाले ४७ विभागमध्ये २० भन्दा बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका थिए। देउवाले महाधिवेशन प्रभावित पार्न विभागलगायतमा मनोनयन जारी राखेकोमा पौडेल पक्षका नेताले असन्तुष्टि राख्दै आएका छन्।







