काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ। हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाकाअनुसार मंगलबार देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बुधबार देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागहरुका १–२ स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।
बिहीबार देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।







