काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन म्यानुअल स्वीकृत भएको छ ।
परियोजना कार्यान्वयनको क्रममा भएका सिकाई तथा देखापरेका समस्या एवं द्विविधाहरु सम्बन्धमा परियोजना निर्देशक समितिबाट भएका निर्णयका आधारमा परियोजना कार्यान्वयन म्यानुअल तयार गरिएको जनाइएको छ ।
परियोजना व्यवस्थापन समूह र कार्यान्वयन साझेदारहरुलाई योजना निर्माण, कार्यान्वयन, सुपरीवेक्षण, अनुगमन र मूल्याँकन कार्यको लागि आवश्यक मार्गदर्शन गर्ने म्यानुअलले सूचना प्रणालीको उपयोग, अनुगमन तथा मूल्यांकन र परियोजनाको सिकाईको अभिलेखीकरणका लागि महत्वपूर्ण कार्य गर्ने परियोजनाले जनाएको छ ।







