२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सुधार, कारोबार रकममा वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.२२ बिन्दुले बढेर एक हजार ६५२.८० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.६१ बिन्दुले घटेर ३२५.३३ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर रु तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बीमा १७.१९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार ५८.८, वित्त ०.९२, निर्जीबन बीमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र लघुवित्त ३१.६२ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज रु ५५ करोड एक लाख ८१ हजार ४८५ बराबरको कारोबार भयो ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ७४ लाख ७५ हजार ३०८, हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख ७८ हजार २७६, अपि पावर कम्पनी रु १० करोड ८५ लाख ६९ हजार ५६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ३२ लाख ९८ हजार २६६, एभरेष्ट बैंक रु नौ करोड ६९ लाख २९ हजार ४६९, प्रभु बैंक रु आठ करोड २० लाख ९३ हजार ५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक १०, मिथिला लघुवित्त वित्तीय संस्था ९.९३, सानिमा जनरल इन्स्योरेन्स ९.९३, नेपाल पुनरबीमा कम्पनी ८.३९, बोटलर्स नेपाल तराई ६.९१, साधना लघुवित्त ५.७९ र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ५.२६ प्रतिशतले कमाए ।

त्यस्तै, घलेम्दी हाइड्रोपावर ४.८६, पाँचथर पावर कम्पनी ४.३५, युनिभर्सल पावर ३.८५, हिमालयन पावर पार्टनर ३.८५, एभरेष्ट बैंक ३.५८, साञ्जेन जलविद्युत् कम्पनी ३.३० र सिनर्जी पावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए ।