काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि २८ गते शुक्रबारका लागि सारिएको छ ।
पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच समायोजन, क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुटेपछि २७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो ।
तर कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजेलाई सारिएको बताएका छन् ।







