काभ्रे । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ ।
बनेपा नगरपालिकाका ३९ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मङसिर ४ गते कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय काभ्रेकाले जनाएको छ ।
योसँगै काभ्रेमा कोरोना कै कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २४ पुरुष र १० महिला छन् । अन्य जिल्लाबाट उपचारका लागि आएका १४ जनाको काभ्रेमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाका अनुसार जिल्लामा ४०७ जना सक्रिय सङक्रमित छन । जसमा ३९१ जना होम आइसोलेसनमा र बाँकी १७ जना अस्पतालमा उपचाररत छन । आइतबार ४१ जनाले कोरोना जितेर घर फर्किएसँगै जिल्लामा निको हुनेको संख्या एक हजार ९२१ पुगेको छ ।







