काठमाडौँ। नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय बैठक सम्पन्न भएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।
उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायत विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए ।
बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए । भारतीय विदेश सचिव श्रृंगाला दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँआएका हुन् ।







