चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–१७ का ७७ वर्षीय पुरुषको मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि ५ गते अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । उनको उपचारको क्रममा शुक्रबार बिहान ५:१५ मा मृत्यु भएको पौडेलले बताए ।
त्यसैगरी हेटौंडा–१० की ५७ वर्षीया महिलामा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो । ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो । उनको उपचारको क्रममा शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।







