काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै शनिबार पनि राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ कदमको संज्ञा दिँदै विभिन्न पक्षबाट प्रदर्शन हुँदै आएको छ । यसैक्रममा शनिबार माइतीघरमा नागरिक समाजले प्रर्दशन गरेको हो ।
‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ नामको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले ‘ओलीको गाईजात्रा,‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?,‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ लगाएका नारा अंकित प्लेकार्ड पनि बोकेका थिए ।








