२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जमिनमा गाडेको पौने २ क्विन्टल गाँजा बरामद

अ+ अ-

काठमाडौँ । नेपालबाट भारततिर प्रतिबन्धित लागू औषध गाँजा तस्करी गर्ने नयाँ तरिकाको पर्दाफास भएको छ। गाँजाको ठुलो खेप भारततिर नपठाई सीमा क्षेत्रमा जमिनमुनि भण्डारण गर्ने र क्रमशः तस्करी गर्ने गरेको रहस्योद्घाटन भएको छ।

रौतहट सदरमुकाम गौर नपा ३ स्थित नेपाल भारत सीमासँग जोडिएको एक कुखुरा फार्म छेउमै जमिन मुनिबाट प्रहरीले एक क्विन्टल ८० किलो गाँजा बरामद गरेको छ।

मकवानपुरबाट ल्याएर कुखुरा फार्मको बालुवा भएको जमिनमा गाडेर लुकाई भागेको अवस्थामा प्रहरीले जमिनबाट गाँजा निकाल्नुका साथै ट्रक र चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका अफरोज मियाले सञ्चालन गरेको कुखुरा फर्मबाट ठुलो परिमाणमा गाँजा बरामद भएको हो।

कुखुरा फार्मसम्म गाँजा पुर्‍याउने बागमती प्रदेश ०१-००६ ख २८३० नम्बरको ट्रक र ट्रक चालक मकवानपुरका सुरेन्द्र स्यांतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुखुरा फार्मका सञ्चालकहरू फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।