२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको पदाधिकारी बैठक सकियो, के भयो छलफल ? 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ ।

पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरूसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।

“अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको छ,” बैठकपछि उनले भने, “निर्वाचनमा थोरै यताउता भयो होला । यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । हाम्रा आफ्नै कमी कमजोरी र सीमा पनि रहे होलान् । आगामी दिनमा सुधार गर्दै गएर पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने छ । निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको छ ।”

उनले पार्टीले पहिले गठबन्धनमै छलफल गर्ने र त्यसको विकल्प खोज्ने विषयमा कुरै नगरेको बताए ।

उनका अनुसार सोमबार नै गठबन्धनको बैठक बोलाइएको छ । 

“सरकार गठनको बारेमा विषय प्रवेश भएको छैन,” उनले भने, “त्यसो भएको हुनाले पहिलो कुरा गठबन्धन घटकबीच पहिले कुरा हुने भयो । भोलि नै गठबन्धनको बैठक बसेर निर्वाचन सीमाको बारेमा समीक्षा गरौँ । एमालेसँग गठबन्धनको कुरा आएको छैन । हिजो कतै कतै समाचार आएको पनि देखियो तर त्यस्तो होइन । गठबन्धनको विकल्प खोजेका छैनौँ ।”