२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुट्यो जनजाति महिला महासङ्घ, राईको नेतृत्वमा समानान्तर कमिटी गठन

अ+ अ-

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ विभाजित भएको छ । असन्तुष्ट पक्षले हालै सम्पन्न ८औ महाधिवेशन अवैधानिक भएको भन्दै समानान्तर कमिटी नै गठन गरेका हुन् ।

बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी सार्वजनिक गरेका हुन् । महासङ्घमा विभिन्न ४८ जातीय सङ्गठन सदस्य छन् । तर, चिनीमाया माझीको अध्यक्षतामा बनेको कमिटीले आफू अनुकूल सदस्य सङ्गठनलाई मात्र बन्द सत्रमा राखेको असन्तुष्ट पक्षको आरोप छ ।

गएको महाधिवेशनमा संस्था नवीकरण नभएको भन्दै २७ सदस्य सङ्गठनलाई बन्द सत्रमा सहभागी हुनबाट रोकेका थिए । असन्तुष्ट पक्षले सहयात्री सङ्गठनहरूलाई महाधिवेशन प्रक्रियाबाट वञ्चित गराउन खोजिनु अन्याय र आदिवासीको मौलिक अभ्यास विपरीतको कार्य भएको आरोप लगाएको छ ।

आजै सार्वजनिक गरेको समानान्तर कमिटीमा जुनिता राईको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष पुष्पा बुढाथोकी, उपाध्यक्ष (हिमाल) रीना थकाली, उपाध्यक्ष (पहाड) विना नगरकोटी पहरी, उपाध्यक्ष (तराई) माया चौधरी, महासचिव विनिता आले मगर, अनुसन्धान तथा सञ्चार सचिव सुजा राई, विदेश तथा परियोजना सचिव वसुन्धरा घर्ती भुजेल, जनसम्पर्क सचिव नानु थामी, भाषा तथा संस्कृति सचिव नरमाया दुरा र कोषाध्यक्ष मायालु तामाङ चुनिएको छ ।

त्यस्तै विनिता आले मगरको संयोजकत्वमा सातौँ महाधिवेशन देखि ८ औँ महाधिवेशन बिचमा दातृ निकायबाट प्राप्त करिब ८ करोड बढी रकम हिनामिना भएको ठहर गर्दै छानबिन समिति समेत गठन गरिएको छ ।