२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै नगरप्रमुखले दिए राजीनामा

अ+ अ-

वासिङ्टन । क्यानडेली सहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन् ।

विवाहित उनले कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन् ।

शुक्रबार अबेर पत्रकार सम्मेलन गरेर उनले महामारीका बेला आफूले एक जना कर्मचारीसँग सम्बन्ध कायम गरेको तथा नगरप्रमुखका निम्ति त्यो काम शोभनीय नभएकाले पदबाट राजीनामा गरेको बताए । आफ्ना गल्ती मनन गर्न तथा परिवारको विश्वास पुनः आर्जन पनि आफूले पदबाट राजीनामा गरेको उनले बताए ।

टोरन्टो स्टारले उनको नाजायज सम्बन्धसम्बन्धी समाचार प्रकाशन गरेको एक घण्टा पछि उनले पदत्याग गरेका हुन् ।

विवाहभन्दा बाहिरको आफ्नो त्यो सम्बन्धलाई गम्भीर त्रुटिका रूपमा स्वीकार गर्दै ६८ वर्षीय टोरीले टोरोन्टोका जनता, आफ्ना सहकर्मी, श्रीमती र परिवारसँग क्षमा याचना गरेको पत्रकारहरूलाई बताए ।

पारस्परिक सहमतिमा विवाहभन्दा बाहिरको सम्बन्धलाई अन्त्य गरेको तथा त्यस सम्बन्धमा सहरका सम्बन्धित अधिकारीलाई जानकारी दिएको उनले बताए ।

तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका टोलीले चार महिना नपुग्दै पदबाट राजीनामा दिएका हुन् ।