२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखा महोत्सवको तयारी तिव्र

अ+ अ-

काठमाडौँ । दोलखाको सदरमुकाम चरिकोटमा आगामी फागुन १९ गतेदेखि सुरु हुन लागेको दोलखा महोत्सव २०७९ तिव्र पारिएको छ। सदरमुकाम चरिकोटको टुँडिखेलमा दोलखा चेम्बर अफ कमर्श दोलखाले फाल्गुन १९ गतेदेखि २७ गते सम्म ९ दिनसम्म महोत्सव गर्न लागिएको हो ।

दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन र महोत्सवलाई सफल पार्न भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरको संयोजकत्वमा महोत्सव संयोजन समिति गठन गरिएकोे दोलखा चेम्बर अफ कमर्स दोलखा उपाध्यक्ष बुढाथोकीले बताए ।

२०७६ सालयता कोरोना महामारीका कारण व्यापार व्यवसाय अझै लयमा नआएको र खस्कँदो स्थितिलाई लयमा फर्काइ आर्थिक चहलपहल बढाउन महोत्सव आयोजना गर्न लागिएको उपाध्यक्ष बुढाथोकी जानकारी दिए । दोलखा महोत्सवले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई कृषि, आर्थिक क्षेत्र उकास्न, जिल्लालाई समृद्ध बनाउन सहयोग पुग्नेमा विश्वस्त छ ।

महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफल गरिने र माउन्टेन फ्लाइटमार्फत जिल्लाका मनोरमस्थलका अवलोकन र अपर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर समेत राखिने दोलखा चेम्बर अफ कमर्स दोलखा उपाध्यक्ष बुढाथोकीले बताए । महोत्सवको स्टल बूकिङ पनि खुल्ला गरिसकिएको आयोजक पक्षको भनाई छ ।