२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो मेडिकल अफिसरको मासिक तलब

अ+ अ-

काठमाडौँ । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरले मासिक तलब ४८ हजार रुपैयाँ पाउने भएका छन् । नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७३७ रुपैयाँ तोकेको हो।

उनीहरूको २०७७ फागुन ४ गते ४२ हजार रुपैयाँ तलब तोकिएको थियो भने २०८० जेठ १ गते देखि बढ्ने भनिएको निर्णयले अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूको तलब ४८ हजार ७३७ रुपैयाँ पुर्‍याएको नेपाल चिकित्सक सङ्घले जनाएको छ ।

यसैगरी चिकित्सक सङ्घ र अफिनले चिकित्सकहरूको परामर्श शुल्क १४ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ। जेठ १ देखि लागू हुने गरी यो शुल्क बढाइएको छ।

अबदेखि ​पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएसको डाक्टरले ४२० रुपैयाँ शुल्क लिन पाउने भएका छन्। यसअघि यो समूहका चिकित्सकको शुल्क ३७० रुपैयाँ तोकिएको थियो।

यसैगरी पाँच वर्षभन्दा बढी अनुभव भएका एमबीबीएस तथा बीडीएस डाक्टरले ५१५ रुपैयाँ लिन पाउनेछन्। यसअघि यो समूहको शुल्क ४५० रुपैयाँ तोकिएको थियो।

यसैगरी पाँच वर्षभन्दा कम अनुभव भएका डीएम एमसीएच तहका चिकित्सकको शुल्क ८८० रुपैयाँ हुने भएको छ। यसअघि उनीहरूको शुल्क ७७० रुपैयाँ थियो।

यसैगरी पाँच वर्षभन्दा कम अनुभव भएका डिप्लोमा लेभलको चिकित्सकले ५९० रुपैयाँ र त्योभन्दा बढी अनुभव छ भने ६७० रुपैयाँ लिन पाउँछन्। यसअघि यो ५१५ रुपैयाँ र ५९० रुपैयाँ थियो।

यस्तै पाँच वर्षभन्दा कम अनुभव भएका एमडीएमएस तथा एमडीएस लेभलका चिकित्सकले पाँच वर्षभन्दा कम अनुभव भए ७५० रुपैयाँ शुल्क लिन पाउनेछन्।

पाँच वर्षभन्दा बढी अनुभव भएका यही तहका चिकित्सकले ८०० रुपैयाँसम्म शुल्क लिन पाउनेछन्। यसअघि यो तहका चिकित्सकको शुल्क ६६० रुपैयाँ र ७०० रुपैयाँ थियो।