२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाशको दाबी-‘आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताएका छन् ।

बारा सदरमुकाम कलैयामा आज आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सिर्जना भए पनि विसं २०८४ मा हुने आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने बताए । 

महामन्त्री शर्माले देशको हरेक परिवर्तनमा अतुल्नीय योगदान रहेको काँग्रेसको चुनाव चिन्हमा मत हाल्न जनता आतुर रहेको भन्दै अब कसैसँग कुनै प्रकारको गठबन्धन नगरी पार्टीले नै चुनाव लड्ने बताए । 

उनले ०८४ मा पार्टीले बहुमतको सरकार बनाउने गरी अहिलेदेखि नै जनताको पक्षमा काम गर्नुपर्ने उहाँको भनाइ थियो । “जहिले पनि काँग्रेस देश विकास, समृद्धि, डण्डहिनताको अन्त्य, विधिको शासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गराउन पूर्ण प्रतिबद्ध छ । आगामी आमनिर्वाचनपछि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर ती प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ । त्यसैले फुटेर होइन जुटेर अगाडि बढौँ”, महामन्त्री शर्माले भने । 

उनले हाल गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरूले गरेका राम्रा कामबारे बढीभन्दा बढी प्रचार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।  महामन्त्री शर्माले पार्टीले सहमति, सहकार्य र एकताको सन्देश दिने र त्यसका लागि आगामी २०८३ सालमा महाधिवेशन हुने धारणा राखे । 

पार्टीका जिल्ला सभापति राजेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री कलावती पासवान, पार्टीका मधेस प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादव, उपसभापति मनोज भट्ट, उपसभापति अमिरीलालपाल, क्षेत्रीय सभापति विजयशंकर यादव, नेताहरू रामप्रवेश यादव, सुनिल गुप्ता, प्रभातकुमार चौरसियालगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।