२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथरमा काँग्रेसका केरुङ विजयी

अ+ अ-

पाँचथर ।  पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन् ।   आज सम्पन्न मतगणनाअनुसार उनी १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे । केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा दुई हजार ४९९ बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । 

यस्तै नेकपा (एमाले) अइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले चार हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले दुई हजार ८२५ मत पाएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङले ९२५, जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघाले २४७, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले १६२, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ११५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १८० र नेकपा(माओवादी)का विजय नेम्बाङले ९० नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ६१ र नेपाल मजदुर किसान पार्टीका लछुमन तामाङले ३२ मत पाएका छन् ।  

जिल्लामा एक लाख ४३ हजार ४०८ मतदाता रहेकामा प्रत्यक्षतर्फ ७० हजार ८१८ मत खसेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए। यसमध्ये ६६ हजार ९२१ मत सदर हुँदा तीन हजार ८९७ मत बदर भएको छ ।