२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिसी प्रिमियर कप: नेपाल ओमानसँग खेल्दै

अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७:१५ बजे सुरु हुनेछ ।

समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।

समूह चरणको नतिजा नेपालका लागि सन्तोषजनक रह्यो । यद्यपि ब्याटिङमा भने नेपालले अपेक्षित सुधार देखाउन सकेन । त्यसैले नेपालका लागि ओमानसँगको खेलमा ब्याटिङ मुख्य चुनौतीका रूपमा रहने क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउँछन् ।

 “नेपालले समूह चरणमा आशा गरेअनुसार ब्याटिङ गर्न सकेको थिएन । टोलीले त्यसमा सुधार गर्दै सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्नुपर्छ”, उनले भने ।

नेपाल र ओमानबीचको विगत
हालसम्म नेपाल र ओमानबीच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ । जसमा नेपालले चार खेल र ओमानले ६ खेलमा जित निकालेको विगत छ ।

पछिल्लो पटक नेपालले ओमानविरुद्ध गत मे महिनामा ओमानविरुद्ध खेलेको थियो । उक्त आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानविरुद्ध ८१ रनको सानदार जित निकालेको थियो । नेपाल आज पनि सोही लय दोहोर्‍याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ ।

0 Comments